कुलपति भूपाल राईको निबन्ध कृति ‘शब्द सायारेम’ लोकार्पण

कुलपति भूपाल राईको निबन्ध कृति ‘शब्द सायारेम’ लोकार्पण
+
-

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि, गीतकार, निबन्धकार भूपाल राईको वैचारिक निबन्ध संग्रह ‘शब्द सायारेम’ लोकार्पण भएको छ। आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा खगेन्द्र सङ्ग्रौला, डा. गोपाल ठाकुर, डम्बर चेम्जोङ, भोगिराज चाम्लिङ र कुमारी लामाले कृतिको लोकार्पण गरेका हुन्।

सभ्यताको विकासको आधारस्तम्भलाई उधिन्दै तानाशाहलाई प्रश्न गर्ने बागी विचार भूपाल राईका निम्बन्धमा भएको लेखक खगेन्द्र सङ्ग्रौलाले बताए। कोलम्बस र पृथ्वीनारायण शाहमाथि लेखकले उठाएका प्रश्नहरूले बहुलता र बाग्द्वार खडा गर्ने सङ्ग्रौलाको भनाइ थियो।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले भूपाल राईका निबन्धले सामुदायिक विचार र सामाजिक युगीन चेतनाको बहस गर्ने बताए। ‘तपाईंको पहाड घर कहाँ हो?’ शीर्षकको निबन्धलाई गैरमधेसीबाट मधेसी समुदायमाथि भएको दमनको सङ्केतको रूपमा आफूले लिएको बताए। भाषाका कारण नेपालभित्रै अनेपाली हुनुपर्ने अवस्थाको विम्बको रूपमा पुस्तकको प्रशंसा गरे।

भोगिराज चाम्लिङले ‘तपाईँको पहाड घर कहाँ हो ?’ निबन्धलाई नेपाली समाजको सिंगो चित्रण भन्दै प्रशंसा गरे। भूपाल राईको निबन्धात्मक शैलीको प्रशंसा गर्दै चाम्लिङले किरातीको साकेला नाचको उच्चतासँग तुलना गर्दै शब्द सायारेम भूपाल राईको लेखन यात्राको सबैभन्दा उच्चतम कृति भएको बताए।

लेखक कुमारी लामाले भूपाल राईको निबन्ध सङ्ग्रह वैचारिकताको जबर्जस्त दस्तावेज भएको बताइन्। रैथाने ज्ञान प्रणाली, पर्यावरण र जीवन पद्धतिको कुराले अबका पुस्तालाई प्रेरणा दिने र वैचारिकता निर्माणमा सहयोग गर्ने उनको भनाइ थियो।

पुस्तकको कलेवर प्रशंसा गर्दै डा‍. डम्बर चेम्जोङले सामाजिक इतिहास र उद्विकासमा भूपाल राईका निबन्धको महत्त्व रहने बताए। उनले भने, ‘भूपाल राईका निबन्धमा पुर्खाहरूको स्मृति, जीवनको ऐतिहासिकता र वैचारिकताको दरिलो अडान छ।’

लेखक भूपाल राईले निबन्ध लेखनको सकस र वैचारिकता परिवेशबारे बोल्दै धन्यवाद व्यक्त गरे।

बुकहिलले प्रकाशन गरेको पुस्तकको मूल्य मोटो गाताको ८०० र पातलो गाताको ६०० रुपैयाँ रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?