भारतको जम्मु–कश्मिरमा पर्यटकमाथि हमला, कम्तीमा २६ को मृत्यु

भारतको जम्मु–कश्मिरमा पर्यटकमाथि हमला, कम्तीमा २६ को मृत्यु
+
-

भारतको जम्मु–कश्मिरको पहलगाममा पर्यटकमाथि चरमपन्थी हमला भएको छ। हमलामा कम्तीमा २६ पर्यटकको ज्यान गएको छ। थुप्रै घाइते भएका छन्।

भारतीय अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले गोली प्रहार गरेर पर्यटकहरूको हत्या गरेका हुन्।

जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमणलाई पछिल्ला वर्षमा आम नागरिकमाथि भएको ठूलो हमला भनेका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार केही घाइतेलाई उपचारका लागि अनन्तनागमा रहेको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ।

जम्मु–कश्मिरका स्वास्थ्यमन्त्री सकिना इटुका अनुसार अस्पतालमा भर्ना गरिएकामध्ये एकको अवस्था गम्भीर रहेको छ।

जम्मु–कश्मिर घाटीमा पर्यटकहरूको आगमन हुने मुख्य सिजनमा चरमपन्थीहरूले आक्रमण गरेका हुन्। पहलगाम पर्यटकहरूका लागि लोकप्रिय मानिन्छ। यहाँ हरियाली घासे मैदान र नीला तालमा रमाउन यहाँ प्रत्येक वर्ष थुप्रै पर्यटक आउने गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई आतंकवादी हमला भनेका छन्। उनले हमलामा संलग्नलाई सरकारले नछाड्ने उनको भनाइ छ।

जम्मु–कश्मिरका मुख्यमंत्री उमर अब्दुल्लाहले घटनापछि दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘म स्तब्ध छु, आगन्तुकहरूमाथि भएको यो आक्रमण अत्यन्त निन्दनीय छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?