हरिवंश आचार्यको शीर्ष भूमिका रहेको ‘भूठान’को प्रिमियर

हरिवंश आचार्यको शीर्ष भूमिका रहेको ‘भूठान’को प्रिमियर
+
-

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेकाे चलचित्र भुठानकाे मंगलबार प्रिमियर भएकाे छ।

चलचित्र ‘बुलबुल’ निर्देशक विनाेद पाैडेले निर्देशित भुठानमा हरिवंश आचार्यको शीर्ष भूमिका रहेको छ। फिल्मले समग्रमा सकारात्मक समीक्षा प्राप्त गरेको छ। फिल्म हेर्न अभिनेत्री मनीषा कोइरालादेखि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसम्म हलमा पुगेका थिए।

भुटानबाट लखेटिएर नेपालमा आश्रित शरणार्थीको तेस्रो देश पुनर्स्थापना र त्यहाँ उनीहरूले भोग्नुपरेको मानसिक समस्यालाई भनिएको छ। अमेरिकाको ओहायोमा छायांकन गरिएको यो फिल्ममा कलाकार आचार्यले भुटानको पूर्वराष्ट्रिय फुटबल खेलाडीको भूमिका गरेका छन्।

प्रिमियरमा क्रममा हरिवंशले भुठानकाे छायांकन र अभिनय अनुभव साटे। उनले भने, ‘मैले अहिलेसम्म हसाउँदै आएकाे थिएँ तर भुठानमा मैले हाँस्न पनि सकेकाे छैन र हसाउन पनि सकेकाे छैन।’

त्यसैगरी अभिनेत्री मनिषा कोइरालाले कथावस्तु र प्राविधिक दुवै पाटोमा फिल्म राम्रो बनेको बताइन्। भनिन्, ‘निर्देशकले कस्तो मीठो ढंगले कथा भन्नुभएको छ। एउटा मान्छेको पीडा देखाउनुभएको छ।’

वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले खुलेरै हरिवंशकाे प्रशंसा गरे। उनले भने, ‘हरिवंशको फरक अवतार हेर्दा मलाई एकदमै मज्जा लाग्यो। अहिलेसम्म हेरेकामध्ये बेग्लै खालको फिल्म बनेको रहेछ, यस्तो फिल्म पनि बनाउन मिल्ने रहेछ भन्ने एउटा पाठ निर्देशकले सिकाउनुभएको छ।’

अभिनेत्री स्वस्तिमा खड्काले फिल्म एकदमै सुन्दर बनेको बताइन्। निर्देशक मीनबहादुर भामले फिल्मको कथावस्तु मर्मस्पर्शीसँगै प्राविधिक पक्ष एकदमै राम्रो रहेको बताए। उनले कलाकार र निर्देशकको कामको पनि खुलेर तारिफ गरे।

एमाले उपमहासचिव ज्ञवालीले अभिनय र निर्देशकीय पाटोको प्रशंसा गरे । ‘आफ्नो माटो र देशको पहिचान गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा विष्णुबहादुर पात्रमार्फत निर्देशकले यति सुन्दर ढङ्गले पस्किनुभएको छ कि हरेक विषयमा हरेक पलमा दर्शकले आफूलाई त्यही पात्रसँग साक्षात्कार गर्छन्’ ज्ञवालीले भने, ‘कुनै दिन मैले त्यसैगरी आफ्नो पहिचान गुमाउनु पर्‍यो भने के होला भन्ने असाध्यै गम्भीर प्रश्नले दर्शकको हृदय हल्लाउँछ।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यस्ता फिल्मलाई प्रोत्साहित गर्नुपर्ने बताए । ‘यो फिल्मलाई भुटानीले त हेर्ने नै छन् । भुटानी मात्र होइन यो प्रकारको पीडा भोगिरहेका संसारभरिका सबैप्रति मानवीय हृदय राख्दै सबैले यो फिल्मलाई प्रोत्साहित हेर्न जरुरी छ’ उनले भने।

‘भूठान’ को सम्पूर्ण छायांकन अमेरिकामा भएको हो। अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको फिल्ममा फिल्ममा हरिवंशका साथमा दयाहाङ राई, अदिति प्याकुरेल, जोयस पाण्डे, पूजा चन्द, ऋचा घिमिरे, अनुराधा मजुमदार, विमल सुवेदीसहित हलिउडका चर्चित अभिनेता ब्रुस डर्न समेतको अभिनय छ।

फिल्मको निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, विनोद पौडेल र किर्तना बाँस्कोटा छन्।

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?