हुम्लाको अदानचुली गाउँपालिकामा आएको बाढीबाट ७ करोडभन्दा बढीको क्षति

हुम्लाको अदानचुली गाउँपालिकामा आएको बाढीबाट ७ करोडभन्दा बढीको क्षति
+
-

सिमकोट – अदानचुली गाउँपालिकामा वैशाख ४ गते परेको अविरल वर्षाको कारण आएको बाढीले ७ करोड रुपैयाँभन्दा बढीकोे क्षती भएको छ।

उक्त बाढीले पशु चौपाया, घर टहरा, विद्यालय भवन, गाउँपालिकाको कार्यालय र खेतमा लगाएको बालीमा क्षति पुगेको थियो।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेका अनुसार अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर र आसपासका क्षेत्रमा बर्खा नलाग्दै परेको अविरल वर्षाका कारण आएको बाढीले सात करोड ४० लाख रुपैयाँ बराबरको क्षति पुर् याएको छ। यो विवरण लिन प्रहरीलाई पाँच दिन लागेको थियो।

वडा नम्बर २ को घना बस्ती रहेको गाउँपालिका केन्द्रमा बाढी आउँदा ४५ वटा घर टहरामा पूर्ण तथा आंशिक क्षति पुर्याउँदा एक करोडको क्षति भएको छ भने ९० लाख मूल्यको पसल तथा मेडिकलको औषधिजन्य सामान नष्ट भएको छ। उनले बीस लाख मूल्य बराबरको होटलमा क्षति पुगेको प्रहरी मुचुल्का आएको जानकारी दिए।

त्यसैगरी, श्रीनगर स्वास्थ्य चौकीको घरबार पूर्णरुपले क्षति भएको छ भने आठ कोठे शौचालन भवनलाई पनि क्षति पुर् याएको छ। त्यस्तै, बाढीले एक करोड मूल्य बराबरको सूर्योदय माविको दुई तले आठ कोठे दुई वटा भवनमा पनि पूर्णरुपमा बाढीले क्षति पुर् याएको छ।

सोही विद्यालयको कार्यालय भवन र स्टोर कोठामा बाढी पसेर कोठा तथा सामानमा क्षति भएको छ। गल्फागाडदेखि कालागाडसम्मको बीस किलोमिटर सडक भत्किँदा ४० लाखको क्षति भएको प्रहरी मुचुल्का आएको छ।

बाढीले बीस लाख मूल्य बराबरको थलहाल्नादेखि कल्खे हुँदै भिइघाटसम्मको सातकिलो मिटर सडकमा पनि क्षति पुगेको छ।
३५ लाख मूल्य बराबरको ढकनी कुना, गोरपाली, छहराखेती, थपालीलगायत सात वटा सिँचाइ कुलो पनि बाढीले भत्काएको छ।

त्यस्तै, ५० लाख मूल्य बराबरको पाँच सय क्विन्टल अन्नमा पनि बाढीले क्षति पुर् याएको छ। वडा नम्बर १, २, ३ र ४ को ४० लाख मूल्यबराबरको खानेपानी पाइपलाइन धारा तथा ट्यांकीमा पनि क्षति पुगेको छ।

त्यस्तै, थपाली कुलो, पानी घट्ट र ५२ वटा पशुवस्तु मर्दा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। कपसाडी, गोरपाली हुँदै ढकनीकुना सडक र अदानचुली गाउँपालिकाको कार्यालयमा बाढी पस्दा एक करोड ७५ लाख मूल्य बराबरको सामान तथा भवनमा क्षति पुगेको छ।

क्षति पुगेका संरचनाको पुननिर्माण गर्न र प्रभावितलाई आवश्यक राहत उपलब्ध गराउन कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसमक्ष जिल्ला विपद ब्यवस्था समितिले माग गरेको उनले बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?