काठमाडौँ- निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू वैशाख ११ गतेदेखि देशभरका स्वास्थ्य संस्था ठप्प पारेर आन्दोलनमा उत्रिने भएका छन् ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल चिकित्सक संघले यस्तो चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा डा. तेजशु मल्लले वैशाख ११ गते देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने बताए।
उनले काठमाडौं उपत्यकामा रहेका निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूले माइतीघर मण्डलमा जम्मा भइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेर्ने बताए ।
उनले २८ दिनदेखि जारी चिकित्सकको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र उदासिन भएको आरोप लगाए ।
उनले निजी स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण चिकित्सकहरूलाई आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिन आग्रह गरे ।
निजी मेडिकल सञ्चालकले मानसिक दबाब दिएर आत्मसम्मानमाथि गम्भीर प्रहार गरेको उनको भनाइ छ। उनले आन्दोलन व्यक्तिगत स्वार्थको लागि नभइ सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि भएको बताए।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































