जनमत–नाउपा एकता: केन्द्रीय सदस्य ७००, अन्य तहमा के छ?

जनमत–नाउपा एकता: केन्द्रीय सदस्य ७००, अन्य तहमा के छ?
+
-

काठमाडौँ – २०७९ सालको आमनिर्वाचनपछि नेपालको संसदीय राजनीतिमा उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच पाँच दिनपछि (वैशाख १७ गते) एकता हुँदै छ।

एकताको तयारी लगभग पूरा भइसकेको दुवै दलका नेताहरूले जानकारी गराएका छन्। ‘एकताको तयारी लगभग सबै पूरा भइसकेको छ। केही बाँकी कामहरू छन्, ती पनि क्रमश: टुङ्ग्याइने छ’, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले भनिन्।

१७ गते एकताअघि दुवै दलहरूको केन्द्रीय कमिटी बैठक बस्दै छ। नाउपाले पार्टी एकताको दुई दिनअघि वैशाख १५ गते र जनमत पार्टीले एक दिनअघि वैशाख १६ गते केन्द्रीय समितिको समितिको बैठक बोलाएका छन्।

कुनै कारणबस पार्टी एकताको मिति सरेन भने दुवै दलको छुट्टा–छुट्टै केन्द्रीय कमिटीको बैठक यो अन्तिम हुनेछ। यसपछि जनमत पार्टीको अध्यक्षका रुपमा चन्द्रकान्त रावत (सिके)ले र नाउपाको अध्यक्षका रुपमा रञ्जिता श्रेष्ठ (चौधरी)ले अध्यक्ष गर्न पाउने छैनन्।

१७ गतेको एकतापछि नयाँ संरचनासहित पार्टीको नयाँ बाटो तय हुनेछ। मधेशको भूमिबाट उदाएका भए पनि यी दुवै पार्टीको उदय दुई फरक भूभागबाट भएको हो। जनमतले मधेश प्रदेशको माटोलाई प्रतिनिधित्व गर्दछ भने नाउपाले सुदूरपश्चिमको माटोलाई प्रतिनिधित्व गर्दछ।

एकताको प्रयास २०७९ को आमनिर्वाचन अघिदेखि दुवै पार्टीले गरे पनि सम्भव भएको थिएन। पछिल्ला केही महिनाको प्रयासपछि दुवै पार्टीले एकतालाई टुङ्ग्याउन सफल भएका छन्।

जनमत पार्टीले नाउपासँग एकीकरणका लागि फागुन २४, २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकबाट कार्यदल बनाएको थियो। नाउपाले चैत ८ र ९ गते बसेको केन्द्रीय कमिटी बैठकबाट कार्यदल बनाएको थियो।

त्यसयता निरन्तर कार्यदलको छलफल र दुवैका पार्टी अध्यक्ष तथा नाउपाका संरक्षक रेशमलाल चौधरीले निरन्तर छलफल गरेपछि दुवै पार्टीलाई एकीकरणसम्म पुर्‍याउन सफल भएका हुन्।

पार्टीको नाम, झण्डा र चुनाव चिह्न


दुवै पार्टीले पार्टीको नाम, झण्डा र चुनाव चिह्न टुङ्गो लगाएका छन्। पार्टीको नाममा दुवै पार्टीको नाम झल्किने गरी राखिएको छ। नागरिक उन्मुक्तिको नाममा उन्मुक्तिलाई हटाएर ‘नागरिक जनमत पार्टी’ बनाइएको छ।

चुनाव चिह्न भने जनमतको ल्याइएको छैन। पूर्णरुपमा नै नागरिक उन्मुक्तिबाट मात्र ढकियालाई चुनाव चिह्न बनाइएको छ। जनमतको माइक चुनाव चिह्न थियो।

पार्टी झण्डा दुवै पार्टीको मिलाएर बनाइएको छ। नागरिक उन्मुक्तिको ढकिया र जनमतको वैजनी कलर लिइएको छ।
झण्डा वैजनी कलरको आयाताकारभित्र सेतो ढकीया हुनेछ। एकीकरणपछि बन्ने पार्टीको सिद्धान्त सामुदायिक समाजवाद हुनेछ।

तीन पदाधिकारीमा कुरा मिल्यो, यस्तो बन्दै छन् अन्य कमिटी


हालसम्म पार्टी एकतापछि हुने तीन पदाधिकारीको टुङ्गो लागेको छ। अन्यमा भने मोटामोटी यस्तै हुने भनिए पनि टुङ्गो लागेको छैन।

हालसम्म नाउपाका संरक्षक रेशमलाल चौधरी नै नागरिक जनमतको पनि संरक्षक रहने छन्। कार्यकारी अध्यक्षमा भने जनमतका अध्यक्ष सिके रावत र सहअध्यक्षमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी रहने टुङ्गो लागेको छ।

त्यसबाहेक कसलाई के बनाउने भन्ने टुङ्गो लागेको छैन। जनमत पार्टीका उपाध्यक्ष तथा पार्टी एकताका लागि वार्ता समितिका संयोजक अब्दुल खानले पदाधिकारीको संख्या २५ जना गराउने गरी छलफल भइरहेको बताए।

‘हालसम्म २५ जनाको पदाधिकारी बनाउने र त्यसलाई नै पार्टी सचिवालय बनाउने विषयमा कुरा भएको छ’, उनले भने।

पार्टीमा सचिवालय, केन्द्रीय कार्यकारीणी समिति र केन्द्रीय समिति हुनेछन्। खानका अनुसार सचिवालय २५ जनाको, केन्द्रीय कार्यकारीणी समिति १०० जनाको र केन्द्रीय समिति ४०० देखि ७०० जनाको बनाउने तयारी भएको छ।

नाउपाकी अध्यक्ष श्रेष्ठले भने ७०० जनाको केन्द्रीय समिति बनाउने तयारी भएको बताइन्। जनमतकै ३०० बढी केन्द्रीय सदस्य छन्। नाउपाको पनि लगभग उस्तै आकारमा केन्द्रीय सदस्यहरू रहेका छन्।

पार्टीमा संरक्षक, कार्यकारी अध्यक्ष, सहअध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, प्रवक्ता, सचिव, सहसचिव बनाउने तयारी भएको छ। तीनवटाबाहेक बाँकी कति जना बनाउने भन्ने दुई तीन दिनमा टुङ्गो लाग्ने संयोजक खानले जानकारी दिए।

प्रदेशमा यस्तो छ


एकतापछि बन्ने नागरिक जनमतले सात प्रदेशमध्ये ३–३ वटामा दुई पार्टीले नेतृत्व गर्नेछन्। सदूरपश्चिम, कर्णाली र लुम्बिनीमा नाउपाले र कोशी, मधेश र गण्डकी जनमत पार्टीले नेतृत्व गर्नेछ।

बागमतीमा भने दुई अध्यक्ष बनाइने गरी तयारी भएको छ। बाँकी तल्लो कमिटीका लागि भने अहिले छलफल भएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?