तरहरा राष्ट्रिय कविताको ताज भट्टराईलाई, अधिकारकर्मी परियारदेखि डक्टर खड्कासम्म सम्मानित

तरहरा राष्ट्रिय कविताको ताज भट्टराईलाई, अधिकारकर्मी परियारदेखि डक्टर खड्कासम्म सम्मानित
+
-

सुनसरीको इटहरी २० तरहरामा भएको राष्ट्रिय कविता प्रतियोगितामा कवि अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ प्रथम भएकाे छ।

‘स्व. नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि प्राप्त भएका ४०६ कवितामध्ये १० वटा कविता छनोट गरी वाचन सहित अन्तिम प्रतिष्पर्धा गरिएको थियो।

निर्णायकहरू मनु मञ्जिल, ठाकुर बेलवासे, बद्री भिखारी सहितको टोलीले भट्टराईको कवितालाई प्रथम स्थानको ताज दिएका हुन।

प्रतियोगितामा खोटाङका कवि शुभचन्द्र राईको ‘आशा’ शीर्षकको कविता द्धितीय भयो। यस्तै, रसुवाकी कवि एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख’ शीर्षकको कविताले तृतीय स्थान प्राप्त गर्‍याे।

यसैगरी सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न’ र दैलेखका दीपिन सिजापतीको ‘सङ्घर्ष र सङ्कल्प’ सान्तवना भयो।

श्री जनसहयोग २०५० समूह तरहराले आयोजना गरेको प्रतियोगितामा प्रथम हुने कवि भट्टराईलाई नगद ५१ हजार एक सय सहित पुरस्कृत गरियो।

यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार (दुई जनालाई) क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय प्रदान गरेकाे छ।

उत्कृष्ट १० मा छनोट भएका गोरखाका निशान निष्कर्षको ‘प्रकृतिको व्यायामशालामा आमा,’ सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘अनि खतरा बन्छ अक्षर,’ सिन्धुपाल्चोककी डा. स्मिता श्रेष्ठको ‘ईश्वरलाई अपिल,’ इलामका सुवास राई बाङ्देलको ‘ईश्वर भेटिएको वक्तव्य,’ र धनकुटाका अनिल सुवेदीको ‘भगवानको म्याराथुन’ शीर्षकको कवितालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरेकाे छ।

समारोहका प्रमुख अतिथि अग्रज कवि एवम् संस्कृतिविद् तुलसी दिवसले विजयीहरुलाई पुरस्कार प्रदान गरे।

समारोहमा तरहरा मुल निवासी विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्दै स्थानीय,राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जीवनमा योगदान गरेका नवल नेपाल,प्रकाशचन्द्र परियार,मणिराम श्रेष्ठ,डाक्टर धनकेशर खड्का,कमला सुब्बा,कमला चापागाँई लगायतलाई प्रमुख अतिथि तुलसी दिवसले सम्मान गरेका थिए।

नेपालमै सबैभन्दा बढी पुरस्कार राशिको प्रतियोगिता सम्पन्न गरिएको आयोजक जनसहयोग २०५० समूह, तरहराका अध्यक्ष सन्तोष श्रेष्ठले वताए।

समूहका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार समारोहमा रुद्र अधिकारी ‘निर्दोषी’को लघुकथा संग्रह मनश्चक्षुको समेत विमोचन गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?