
भ्यानकुभरमा भएको एक महत्वका क्रममा एक व्यक्तिले मानिसको भीडमा कार दौडाउँदा कम्तीमा ९ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ।
क्यानडामा चुनाव नजिकिँदै गर्दा भएको यो हमलाको विस्तृत विवरण आउन बाँकी छ। यद्यपि स्थानीय पुलिसले यसलाई आतंकवादी आक्रमण नभएको बताएको छ।
भ्यानकुभर प्रहरीका अनुसार एक पुरुषले महोत्सवमा भीडमाथि एसयूभी कार दौडाएका थिए। यो क्रममा अन्य सयौं घाइते भएको जनाइएको छ। घटनास्थलमा रहेकी एक फुड ट्रक सञ्चालकका अनुसार अत्यन्तै भयावह र डरलाग्दो अवस्थाको साँक्षी बनेको बताइन्।
उनका अनुसार कार सिधै भीडबीचबाट हुइँकिएको थियो। प्रहरीका अनुसार ३० वर्षीय एक स्थानीय पुरुष अहिले नियन्त्रणमा छन्। प्रहरी प्रमुखका अनुसार अभियुक्त पहिले बाटै प्रहरीको ध्यानमा रहेको भएपनि उनको आपराधिक पृष्ठभूमिबारे टिप्पणी गर्न नमिल्ने जानकारी दिए।
यो घटना फिलिपिनी समुदायले आयोजना गरेको ‘लापु लापु दिवस’ मनाइरहेकाहरुबीच भएको थियो। स्थानीय समयअनुसार बेलुका ८ बजे तिर यो दुर्घटना भएको हो।