गाउँँ–गाउँमा पुगेर खोप लगाए/नलगाएको अनुगमन

गाउँँ–गाउँमा पुगेर खोप लगाए/नलगाएको अनुगमन
+
-

हुम्ला – १५ देखि ५९ महिनाका बालबालिकाले खोप लगाए/नलगाएको बारेमा जानकारी लिन गाउँगाउँ पुगेर अनुगमन गरिएको छ। गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषित गर्न गाउँपालिका स्तरबाट अनुगमन गरिएको हो।

यसअघि वडामा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र स्वयंसेविकाले लगाएको खोपबाट कोही पनि बालबालिका वञ्चित नहुन् भनेर अनुगमन गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए।

खोप कार्यक्रमलाई बिशेष अभियानका रुपमा सञ्चालन गर्ने गरिएकाले स्वास्थ्य संस्थामा नगएर सिधै गाउँमा टोली पुग्ने र उमेर समूहका बालबलिका र आमालाई भेट्ने गरिएको उनको भनाइ छ।

प्रत्येक बालबालिका खोप कार्ड पनि दिने र त्यसमा खोप लगाउने बालबालिकाको सबै बिवरण उल्लेख गरिएको हुन्छ। उनले वडाका सबै बस्तीमा पुगेर नमुना बिधिबाट खोप लगाएका बालबालिकाको खोप कार्डसमेत अनुगमन गर्ने गरिएको जानकारी दिए।

उनले सबै वडाका सबै बस्तीका बालबालिकाको खोपको अवस्था हेर्दा सन्तोषजनक देखिएको भन्दै अब पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गर्ने बाटो खुलेको बताए। वैशाख २० गते गाउँपालिकालाई घोषणा गर्ने कार्यक्रमसमेत तय गरिएको छ। यसअघि आठ वटै वडाहरु घोषित भइसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?