
युवापुस्ता माझ निकै रुचाइएका गायक सुशान्त केसीकाे गीत ‘बार्दली’काे हिन्दी भर्सन ‘उफ्’ युट्युब ट्रेन्डिङमा समावेश भएको छ।
मंगलबार नेपाल, भारत, बेलायत, अस्ट्रेलियासहितका मुलुकको अस्ट्रेलियामा युट्युबको संगीत खण्डतर्फ शीर्षस्थानमा छ।
भारतीय संगीत उत्पादन कम्पनी ‘टि सिरिज’ले सोमबार आफ्नो युट्युब च्यानलबाट गीत दर्शकमाझ ल्याएको हो।
हिन्दी भर्सनमा पनि गायक सुशान्त र अभिनेत्री स्वस्तिमा खड्काकाे नै अभिनय रहेकाे छ।
इन्द्रकला राईको नेपाली गीतलाई जस्ताको तस्तै राखिएको गीतको नेपाली संस्करण निकै हिट भएको थियो। टि सिरिजले यसअघि पनि केही नेपाली संगीतकर्मीसँग सहकार्य गर्दै आएकाे थियाे।