‘ऊनको स्वीटर’ काे ट्रेलर सार्वजनिकसँगै गुन्जिए गायक सुजन चापागाईँ

‘ऊनको स्वीटर’ काे ट्रेलर सार्वजनिकसँगै गुन्जिए गायक सुजन चापागाईँ
+
-

मङ्गलवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको आँगन संगीतप्रेमीहरूले भरियो। ‘ऊनको स्वीटर’ साँझ मनाउन तम्तयार दर्शक र श्रोता एउटा अलग्गै आवाज सुन्न र स्वागतका हात हल्लाउने प्रतीक्षामा थिए।‌ स्टेजमा आफ्नो साङ्गीतिक टिमसँगै पछिल्लो समयका मनप्रिय गायक सुजन चापागाईँ उक्लिए। र दर्शकहरूलाई पहिलो कोसेली पस्किए, ‘लजाएर एक्लै किन बसेकी मायालु।’

करिब दुई वर्षपछि सुजन लाइभ कन्सर्टमा फर्किएका हुन्। यही वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको हुन‌ लागेको आर्टमान्डूको पहिलो चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारको भिन्न शैली स्वरूप सुजनको कन्सर्ट आयोजना गरिएको हो।‌ सुजन चापागाईँ एन्ड इन्फिनिटी टिमले सहभागीहरूको बाक्लो उपस्थितिलाई गर्माउलो बनाएको थियो।

उनलाई प्रत्यक्ष सुन्न व्यग्र प्रतीक्षा गरिरहेकाहरू माझ सुजनले त्यसपछि सुनाए ‘तीनपाते’ गीत । याे उनको पहिलो प्रोजेक्ट मात्र थिएन। निर्देशक नवीन चौहान, गीतकार हर्क साउदसँगको सहकार्यको पहिलो कदम पनि थियो। त्यो पहिलो कदमलाई दर्शक र श्रोताहरूले प्रेमिल अनुमोदन गरिदिएका थिए। त्यो कसिलो सहकार्यको सुरुवाती दिनको गीत गाउँदा संगीतप्रेमीहरू मन्त्रमुग्ध भए।

सोही कार्यक्रममा ‘ऊनको स्वीटर’ ट्रेलर पनि प्रस्तुत गरिएको थियो‌। पाँचथरका अलौकिक दृश्यहरूमा कथालाई काव्यात्मक बुनेका निर्देशक चौहानले दर्शकहरूलाई न्यानो बाँड्ने हृदयदेखिकै धोको रहेको सुनाए। सुजनले ‘ऊनको स्वीटर’सँगै बुनेको शीर्ष गीत सुनाए ‘फूलहरू मुस्काउँछन् तिमीले देख्छौ र, पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र?’

सुजनको गीतमा कहिले सहभागीहरू मन्द बतास जसरी बहिरहेका थिए त कहिले उठेर नाचिरहेका थिए। जब सुजनले प्रेम जोडी विवेक पङ्गेनी र सिर्जना सुवेदीलाई ट्रिष्ब्यूट दिँदै एक्लै भएँ निु गाए, संगीतप्रेमीहरूको हृदय रेटियो। योसँगै सुजनले ‘फूलथुंगे रानी’ ‘मखमली’ गाइसक्दा माहौल गुलजार देखिएको थियो।

कार्यक्रममा फिल्मको ‘काफ्ले’ गीत पनि गुन्जिएको थियो। गीतमा फिल्मकै कलाकार एलेक्स पारस, परीक्षा लिम्बुले नृत्य प्रस्तुत गरेका थिए। सुजनलाई गायनमा गायिका सलिना विकले साथ दिएकी थिइन्। साङ्गीतिक टिममा सुजनसँगै सञ्जीव बराइली, नकुल सिंह गुरुङ, प्रिन्स नेपाली, जगन्नाथ धौगोडा, दीपेन्द्र काफ्ले, सन्देश महर्जन थिए।

कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरको साथमा सांसदहरू सुहान नेम्वाङ, अशोक कुमार चौधरी, सोविता गौतमहरूसँगै विभिन्न अतिथिहरूको उपस्थिति थियो।

‘ऊनको स्वीटर’मा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावनासँगै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ। सुजन चापागाईँ र झुमा लिम्बुको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ।

यसैबीच, ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक भएको छोटो समयमा नै युट्युबको सिनेमा सेक्सनको शीर्ष स्थानमा पुगेको छ। दर्शकको सकारात्मक प्रतिक्रियासहित ट्रेलरले चर्चा कमाइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?