हुम्लामा कविता वाचन गरेर मनाइयो लेखक दिवस

हुम्लामा कविता वाचन गरेर मनाइयो लेखक दिवस
+
-

हुम्ला – हुम्लामा कविता वाचन गरेर लेखक दिवस मनाइएको छ। पहिलो पटक खुला कविता वाचन कार्यक्रम आयोजना गरिएको हो। जिल्लामा भएका नव साहित्यिक प्रतिभाका रचना सार्वजनिक गर्न जिल्लाका साहित्यकार मिलेर यो कार्यक्रम आयोजनना गरेका हुन्।

नेपाली लेखक सङ्घको आयोजनामा जिल्लाभित्र भएका साहित्यिक ब्यक्तित्व प्रस्फुटन गराउन यो कार्यक्रम आयोजना गरिएको संघका सदस्य राजबहादुर शाहीले जानकारी दिए। राष्ट्रिय लेखक दिवसको अवसर पारी जिल्लामा पहिलो पटक यो साहित्यिक वातावरण तयार पारिएको हो। जसमा चौध जना कविले आफ्ना कविता वाचन गरेका थिए।

धेरै नवकविले पहिलो पटक कविता वाचन गरेर उल्लेख गरेका थिए। कविहरूले गद्य, पद्य र छन्दमा समेत कविता तयार पारेर बाचन गरेका थिए। विशेष गरी साहित्यकार मधु बस्नेत शाही, शिवशर्मा पाौड्यल, कृष्णप्रसाद आचार्य, कर्णबहादुर रोकाया, टिकाराम पौडेल, जयबहादुर बमराजबहादुर शाही, कैलाश रोकाया, गुर्मु लामा, छिरिङ पुनर लामा, प्रेमबहादुर लामालगायतले म शिक्षक, शिक्षक आन्दोलन, मुटु दुःखिरहेछ, कस्तो शिक्षक शीर्षकका कविता बाचन गरिएको थियो।

कार्यक्रममा गजलसमेत वाचन गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले जिल्लामा थुप्रै कवि रहेकामा खुसी ब्यक्त गर्दै यसरी स्थान पाउने हो भने साहित्यको विकासका टेवा पुग्ने बताए।
यस्ता कार्यक्रम बारम्बार सञ्चालन गरेर भएका श्रष्टाका रचना बाहिर ल्याउन सहयोग गर्नुपर्ने उनको भनाइ थियो। कार्यक्रममा कांग्रेस उपसभापति कैलाश भण्डारी, एमाले उपध्यक्ष प्रकाशबहादुर शाही, माओवददी केन्द्रका सचिव धर्मराज बोहरालगायतको उपस्थिति थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’