कमजोर धरातलमा हुँदै थियो नाउपा-जनमत एकता, रेशम पक्राउले थप अनिश्चित बनाइदियो

कमजोर धरातलमा हुँदै थियो नाउपा-जनमत एकता, रेशम पक्राउले थप अनिश्चित बनाइदियो
+
-

काठमाडौँ– बिहानको ११ बजिसकेको छ। बुधबार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जनमत र नागरिक उन्मुक्ति (नाउपा)का कार्यकर्ता पुग्नेक्रम बढिरहेको छ। जनमत र नाउपाबीच ऐतिहासिक एकता हुने स्थल यसलाई तोकिएको छ।

एकता स्थल प्रज्ञा भवन र समय बिहान ११ बजे भनिएअनुसार नै नेता कार्यकर्ता कार्यक्रमस्थल पुगिरहेका थिए। समय घर्किँदै १२ बजिसक्यो। पार्टी एकताका लागि कार्यक्रम त सुरु भएन नै, कार्यक्रम स्थल प्रज्ञा भवनको हलसम्म खुलेन।

प्रज्ञा भवनको हल किन खुलेन? उपस्थितहरू अनविज्ञ थिए। कतिपयले प्राविधिक समस्या भयो रे भन्नसम्म सके। तर, कस्तो प्राविधिक समस्या उपस्थितलाई केही भनिए।

एकता कार्यक्रम नै नहुने हो कि कतिपय शंका व्यक्त गर्दै थिए। अन्तत: बुधबार जनमत र नाउपाबीच एकता भएन। एकता नहुनुमा नाउपाका संरक्षक रेशम चौधरी पक्राउको कारण भए पनि साथमा अन्य कारणहरूले काम गरेको छ।

एक कारण कार्यक्रम स्थलको व्यवस्थापन पनि हो। कार्यकर्ताले जुन प्रकारको व्यवस्थापन देखे, त्यसले जनमत-नाउपाको एकतामाथि स्वभाविक प्रश्न उठेको छ।

किन कार्यक्रम स्थल फितलो भयो? देशसञ्चारको प्रश्नमा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान भन्छन्– ‘बाहिर ११ बजे कार्यक्रम भए पनि हामीले हल बुकिङ १ बजेपछि मात्र गरेका थियौँ। त्यसले केही अन्योल भयो।’

पार्टी एकताको मिति तय लगभग महिना दिन अघिदेखि थियो, वैशाखको १५ तिर गर्ने। महिना दिनको छलफल दुवै पार्टीले गरेपछि वैशाख १७ गतेलाई मिति तय हप्ता दिनअघि भएको थियो।

हप्ता दिनसम्म तयारी गर्दा पनि पार्टी एकता स्थलमा जुन प्रकारको अन्योल देखियो, त्यसले जनमत-नाउपाको एकता र भविष्यमाथि प्रश्न जन्माएको छ।

अपूरै थियो एकता प्रक्रिया

पार्टी एकता कुनै दुई पार्टीका नेताहरूबीच एक हुँदैमा पूरा हुने प्रकृया होइन। पार्टी बन्नका लागि विशेषत: कार्यकर्ता मिल्नुपर्छ।

तर जनमत-नाउपा एकता अपूरै थियो। पुरा भएको भनिएको पार्टीको नाम, झण्डा, चुनाव चिन्ह र तीन नेता रेशम चौधरी, डा. चन्द्रकान्त रावत (सिके) र रञ्जिता श्रेष्ठ चौधरीको पदको सवाल मात्र थियो।

पार्टीको विधानदेखि पार्टीका अन्य कमिटीको टुङ्गो नै लाग्न सकेको थिएन। नेताहरू भनिरहेका थिए– पहिले पार्टी एकता हुन्छ, त्यसपछि बाँकी सबै टुङ्ग्याउँदै जान सकिन्छ।

पार्टीको तल्ला कमिटी कस्तो बनाउने? क-कसलाई जिम्मेवारी दिने दुवै पार्टीमा विवाद देखिँदा पार्टी एकता प्रक्रिया नै अपूरो रहेको थियो।

केन्द्रीय सदस्य कति संख्याको बनाउने भन्नेमा पार्टीमा विवाद देखिन्छ। साविक दुवै पार्टीका सबैलाई केन्द्रीय सदस्य बनाउँदा सात सयको केन्द्रीय सदस्य बन्न पुग्छ।

यति ठूलो संख्याको केन्द्रीय सदस्य बनाउँदा आलोचना हुने भएपछि कसरी केन्द्रीय सदस्य टुङ्ग्याउने भनेर नेताहरू अन्योलमा छन्।

केन्द्रीय सदस्य र त्यसभन्दा तल्ला कमिटीमा मात्र होइन, पदाधिकारी नै नटुङ्ग्याएर पार्टी एकता तयारी भएको थियो। कार्यकारी अध्यक्षमा जनमतका अध्यक्ष डा. सिके रावत, सह-अध्यक्षमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टी संरक्षकमा नाउपाकै पार्टी संरक्षक रेशम चौधरी हुनेबाहेक अन्य पदाधिकारी पनि टुङ्ग्याउन बाँकी छ।

पदाधिकारीमै विवाद नटुङ्ग्याएर गरिएको एकता कति दीर्घकालीन होला? प्रश्न रहेको छ। नेपालमा दुई ठूला कम्युनिस्ट (एमाले-माओवादी) मिलेर बनेको पार्टी फुटेको उदाहरण छ। जनमत र नाउपा जस्तै मधेश केन्द्रीय दलहरू जुटेर फुटेका जातै घटनाहरू रहेको छ।

फेरि जनमत र नाउपाको मिलन पनि दुई देखाउने दाँत हुनेमा स्वभाविक शंकाहरू रहेको छ। ‘धेरै टुङ्ग्याउन बाँकी छ। कानुनी प्रकृया पूरा गरेर हामी एक भने हुने तयारी भएको छ’, जनमतका उपाध्यक्ष खानले भने।

रेशम पक्राउले पार्टी एकता थप अनिश्चित

बुधबार पार्टी एकता स्थलबाट एकताका मुख्य सूत्रधार रेशम चौधरी नै पक्राउ परेपछि अब एकता थप अनिश्चित बनेको छ। अर्को एकताको मिति कहिले तय हुन्छ? नेताहरू अनविज्ञ छन्।

उपाध्यक्ष खान नै भन्छन्– ‘एकता त हुन्छ तर उहाँ (चौधरी) पक्राउले अब एकता हुन केही समय लाग्छ।’ चौधरी पक्राउले दुवै पार्टीलाई समीक्षाको अवस्थामा पुर्‍याएको उनले बताए।

चौधरी बुधबार करिब १ बजे पक्राउ परेर चार घण्टापछि डिल्लीबजार कारागारबाट छुटेका थिए। उनलाई सर्वोच्च अदालतबाट पक्राउ गर्न दिइएको पत्र नै गलत भएको ठहर भएपछि पछि छाडिएको थियो।

उनी पक्राउ पर्नु कुनै ठूलो षड्यन्त्र त होइन? नेताहरूले शंका व्यक्त गर्छन्। चौधरी पक्राउपछि जनमतका अध्यक्ष राउतले भनेका थिए– ‘यसरी कार्यक्रम स्थलबाटै पक्राउ गरिनु आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन हो।’

उनले एकता प्रकृयालाई भाड्नका लागि चौधरीलाई पक्राउ गरिएको र जहाँ ठूलो षड्यन्त्र हुन सक्ने बताएका थिए।

जनमतका उपाध्यक्ष खानले चौधरी पक्राउ परेको विषय समिक्षाको विषयको भएकाले पार्टी एकता कही ढिला हुने बताए। ‘हामी दुवै पार्टीमा किन पक्राउ गरियो? कोबाट गरियो? भन्ने समीक्षाको विषय भएको छ।’

उनले फेरि पार्टी एकता गर्दा यस्ता घटना हुन्छ कि हुँदैन भनेर समिक्षा गरेर पार्टी एकताका लागि अगाडि बढ्ने बताए।

यो पनि–
‘घरको जग हल्लाएर’ जनमत र नाउपाको एकीकरणको तयारी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?