लेखक श्याम सिंघककाे मजदुरमाथि लेखिएकाे उपन्यास ‘काेइलाखाद’ सार्वजनिक

लेखक श्याम सिंघककाे मजदुरमाथि लेखिएकाे उपन्यास ‘काेइलाखाद’ सार्वजनिक
+
-

काठमाडौँ- मजदुर दिवसको अवसरमा लेखक श्याम सिंघकको उपन्यास “कोइलाखाद” बिमोचन भएको छ।

सम्भव समूहको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बिमोचित उपन्यासमाथि लेखक नयनराज पाण्डे र अध्येता कैलास राइले आफ्नो धारणा व्यक्त गरेका थिए।

लेखक पाण्डेले उपन्यासकार सिंघकको लेखनीको प्रशंसा गर्दै अनुसन्धान गरेर लेखिएका उपन्यासहरूमा समाजको यथार्थ चित्रण गरिने हुँदा यस्ता उपन्यासहरू धेरैभन्दा धेरै मात्रामा लेखिनुपर्ने धारणा व्यक्त गरेका थिए।

श्रमिकहरूको कथा वैश्विक बिषय हो यस्तो बिषयवस्तुहरूमा पाठकहरूको सहानुभूति हुन्छ। तसर्थ यो उपन्यास अङ्ग्रेजी साहित्यमा पनि अनुबाद हुनुपर्ने उनको धारणा थियो।

अर्का वक्ता कैलाश राईले उपन्यासमा कोइलाखादसम्बन्धी धेरै दस्ताबेजहरू रहेकोले यसलाई अनुसन्धानको पाटोबाट हेर्नुपर्ने तर्क व्यक्त गरिन्।

सानो छँदा बोजुहरूले कुरा गरेको कोइलाखादको बारे उपन्यासमा पढ्न पाउनु खुसीको कुरा रहेको साथै यसले कोइलाखादमा काम गर्ने श्रमिक वर्ग र त्यहाँ बसोबास गर्ने समुदायको अर्थ सामाजिक र अर्थ राजनीतिक पक्षलाई पनि साह्रै मिहीन ढंगबाट प्रस्तुत गरेको बिचार ब्यक्त गरिन्।

लेखक सिंघकले भने ब्यवसायीकरण र बजारीकरणको हिसाबले भन्दा पनि दस्तावेजीकरण होस् भनेर उपन्यास लेखेको बिचार ब्यक्त गरेका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’