‘अक्षत अन्टार्कटिका’लाई २०८१ को उत्तमशान्ति पुरस्कार

‘अक्षत अन्टार्कटिका’लाई २०८१ को उत्तमशान्ति पुरस्कार
+
-

लेखक जीवा लामिछाने लिखित नियात्रा पुस्तक ‘अक्षत अन्टार्कटिका’लाई २०८१ को उत्तमशान्ति पुरस्कार समर्पित गर्ने भएकाे छ।

सर्वश्रेष्ठ गैरआख्यानात्मक कृतिका रूपमा ‘उत्तमशान्ति पुरस्कार’ समर्पित गर्ने निर्णय गरेको गुठीका अध्यक्ष डा‍.पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले बताए। उनकाे अध्यक्षतामा बसेको पुरस्कार चयन समितिले ‘नवीन सोच, रोचक शिल्प र नयाँ शैलीसहित अक्षत अन्टार्कटिकालाई दिइने निर्णय गरेकाे हाे।

पुरस्कारको राशि एक लाख रुपैयाँ तथा ताम्रपत्र रहेको छ ।

लेखक लामिछानेले अन्टार्कटिकामा १३ दिन गरेको यात्राको विवरण पुस्तकमा पाइन्छ। लामिछानेले हिउँको यात्राको अनुभूतिका साथै अन्टार्कटिकाको भूगोल, वातावरण र यात्रा इतिहासको कथा समेटेका छन्।

वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथा लगायतका आख्यानमुक्त गद्य विधामा रचना गरिएका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ले विक्रम सम्वत् २०४४ सालदेखि १ लाख राशीको ‘उत्तमशान्ति पुरस्कार’ समर्पित गर्दै आइरहेको छ।

‘स्रष्टा र साहित्य’ नामक अन्तर्वार्ता कृतिका लागि विक्रम सम्बत् २०२३ सालमा मदन पुरस्कार प्राप्त गर्नु भएका ‘रूपरेखा’का सम्पादक तथा निबन्धकार उत्तम कुँवरको वि‍‍.सं २०३९ सालमा ४३ वर्षको उमेरमै दिवंगत हुनुभएपछि उहाँको स्मृतिमा उहाँकी धर्मपत्नी श्रीमती शान्ति कुँवरले यो पुरस्कारको स्थापना गरेकी थिइन्। उनकाे पनि देहावसान भएपछि उत्तम पुरस्कारलाई ‘उत्तमशान्ति पुरस्कार’ भनेर पुनर्नामाकरण गरिएको हो।

विगतमा यस पुरस्कारबाट मन्जुल, सत्यमोहन जोशी, अम्बर गुरुङ, देवीचन्द्र श्रेष्ठ, दुर्गा घिमिरे, इल्या भट्टराई, सरुभक्त, भुपिन, शारदा शर्मा, जगदीश घिमिरे, कर्ण शाक्य, भैरबबहादुर थापा, झमक घिमिरे, परशु प्रधान, देवेन्द्र भटटराइ, गिरीश गिरी, टुकराज मिश्र, कृष्णचन्द्रसिंह प्रधान, निर्मोही व्यास लगायतले यो पुरस्कार प्राप्त भइसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?