
कथाकार दिलिप पौडेलको कथासंग्रह ‘व्लफर्स डायरी’ लोकार्पण भएको छ।
१८ वटा कथा समेटिएको पुस्तक ‘व्लफर्स डायरी’मा आदिवासी नेपालीको कथा र आफ्नो गाउँघरको व्यथालाई कथाको रूपमा प्रस्तुत गरेको पौडेलले बताए।
हाल क्यानाडामा बसाेबास गर्दै आएका पाैडेलकाे पहिलाे कथा कृति हाे।
कथा संग्रह माथि बोल्दै समीक्षक राजकुमार बानियाँले कथामा द्वन्द्वकालका कथादेखि देश, समाज, प्रेम र आप्रवासी नेपालीको कथा व्यथा सम्म कलात्मक शैलीमा प्रस्तुत गरेको र संग्रहभित्रका कथाको शीर्षकले पाठकहरूलाई कौतुहलता पैदा गराउने किसिमको रहेको छ।
त्यसैगरी समीक्षक विक्रम भक्त जोशीले कथाहरू छोटा वाक्यहरूमा छन् र पढ्दा रोमाञ्चित बनाउने गरी लेखिएको छ। दुई देशको फ्युजन गरिएको छ। कथाको परिवेश नै इम्याजिन गर्न सकिने खालको छ। सरल लेखन शैलीमा लेखिएका कथाहरू छन्।
किताबलाई शिखा बुक्सले प्रकाशन गरेकाे हाे।