काठमाडौँ- सर्वोच्च अदालतका न्यायाधीश पदबाट २०५९ सालमा नै अवकाश पाएका टोपबहादुर सिंह देशसञ्चार चौतारीका लागि यसअंकका अतिथि छन्। देशसञ्चार सहकर्मीहरूसँग लामो संवादमा उनले पञ्चायतकाल, बहुदलकाल र गणतन्त्रकालको न्यायप्रणालीको लेखाजोखा गरेका छन्।
पञ्चायतकालमा न्याय अहिलेजस्तो केही व्यक्तिको पेवा नभएको भन्दै पूर्व न्यायाधीश सिंहले पछिल्लो समयमा न्याय राजनीतिकै एउटा हिस्सा भएको बताए।
सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले यो देशमा भ्रष्टाचारीलाई संरक्षण दिएको बताए। ‘सुशासन आयोगको अध्यक्ष ओली हुनुभन्दा अर्को लाजमर्दो कुरा के होला?’ उनले देशसञ्चार चौतारीका क्रममा भने।
९१ वर्षीय सिंहले राजाको अन्त्य भएपछि यो देश अभिभावकविहीन भएको बताए।
नेपालगञ्जमै रहेर बीए पास गरेपछि उनी एलएलबी गर्न काठमाडौँ आएका थिए।
एलएलबी गरेपछि वकालतको अभ्यास सुरु गरेको र पछि नेपाल ल क्याम्पसको डिनसम्मको जिम्मेवारी सम्हालेको स्मरण पनि उनले गरे।
‘रुल अफ ल’ एकदमै ठूलो कुरा भएको उनले बताए। ‘रुल अफ ल पञ्चायतकालमा पनि थिएन तर व्यवस्था कडा थियो, भ्रष्टाचार गर्न मान्छे डराउँथे,’ उनले देशसञ्चारका क्रममा भने।
‘पञ्चायतकालमा मान्छे व्यवस्थावादी थिए, कामप्रति इमान्दार थिए,’ उनले भने।
उनले एक प्रसंग उल्लेख नगर्दा राजाले भनेको एकजना सहायक अञ्चालाधीशले नमानेपछि राजाले उनलाई स्याबासी दिएको पनि बताए।
राजा महेन्द्र दूरदर्शी नेता भएको र उनी अझै धेरै बाँच्नुपर्ने सिंहले बताए। ‘राजा महेन्द्रले आफ्नै ससुरा हरिशमशेरले मुद्दा हार्दा तत्कालीन न्यायाधीशलाई बक्सिस र स्याबासी दिएका थिए,’ उनले भने।
आफ्नै अनुभव पनि राजाहरूले कानुनको शासनलाई सुदृढ गरेको अनुभव पनि उनले देशसञ्चार चौतारीका क्रममा पोखे। ‘हुकुम प्रमांगीबाट जागिर खाएको मान्छेलाई नियुक्ति नदिँदा पनि राजाले ती कर्मचारीलाई स्याबासी दिएका थिए,’ सिंहले सम्झिए।
न्याय र न्यायाधीश कसैबाट निर्देशित नहुने तर अहिलेका न्यायाधीश लोकप्रियतावादी हुने पनि उनले बताए। ‘न्यायाधीशले यसरी निर्णय गर्नु हुँदैन,’ उनले भने।
न्यायपालिकाबाट हुने आदेश निर्देशनात्मक हुनु नहुने आफ्नो धारणा पनि उनले सुनाए।
आफ्नो पालामा झगडियाहरूले मुद्दा हार्दा पनि धन्यवाद दिने गरेको स्मरण पनि उनले गरे।
सर्वोच्चका न्यायाधीशमा पार्टीको बिल्ला लगाएका न्यायाधीश जाँदा न्याय क्षेत्र कमजोर र अविश्वसनीय भएको पनि उनले बताए।
पार्टीका नेताहरूले न्यायपालिका पनि पार्टीजस्तै बनाएको टिप्पणी उनले गरे।
प्रधानमन्त्री ओलीले विचार र अभिव्यक्तिमा हल्का अभिव्यक्ति दिँदा उनको व्यक्तित्व पनि हलुका हुँँदै गरेको उनले बताए।
पूरा अन्तर्वार्ता: