
काठमाडौँ- काठमाडौँको राष्ट्रिय नाचघर जमलमा सम्पन्न १४औं ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२५’ प्रतियोगितामा सिनियर र जुनियरतर्फ गरी चार विजेता घोषणा भएका छन्।
जुनियर ब्वाइजमा एरोस कर्माचार्य र गर्ल्समा एरिका गुप्ता विजेता बने भने सिनियर ब्वाइजमा तासी नुर्वु शेर्पा र सिनियर गर्ल्समा प्रयुषा ढकालले शीर्ष उपाधि जिते।
प्रतियोगितामा ७ देखि १३ वर्षका ५२ बालबालिकाको सहभागिता रहेको थियो। विभिन्न विधामा रनर अप विजेता पनि घोषित भए।
कार्यक्रम रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजना गरिएको हो, जसका प्रमुख राज फैजु हुन्। उनले कोरियोग्राफी समेत गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले तयार पारेकी थिइन्।
विजेताहरूले उपाधिसँगै नगद, गिफ्ट तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाएका छन्। एडभान्स ओरल डेन्टल हस्पिटला कार्यक्रमको मुख्य प्रायोजक तथा रियल जुस, हर्लिक्स र डाइसुके गिफ्ट प्रायोजक रहेका थिए।