
गीतकार मुकुन्द राज शर्माले ४० वर्षअघि लेखेको ‘मेरो पुण्य मुटु’ बोलको गीत सार्वजनिक छ।
गीता पाण्डेको स्वर रहेको गीतलाई संगीतकार मणि कमल छेत्रीले संगीत दिएका हुन्। गीतलाई ‘पाण्डे युट्युव’ अकाउन्डमार्फत सार्वजनिक गरिएको हो।
राकेश श्रेष्ठले रेकर्ड गरेको गीतलाई पवन वाङ लामा संगीत संयोजक हुन्।
पुजा ठकुरीको निर्देशन रहेको गीतको भिडिओमा गीतासहित मुकुन्द र हरिराम पौडेल फिचर्ड छन्। गीतको भिडिओलाई अजय रेग्मीले खिँचेका हुन्। भिडिओमा विनोद बमले कलर र सम्पादन गरेका छन्।
एक लाख बढी भ्युज पाइसकेको गीतले दर्शकबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ। विशेषगरि, गीतका मार्मिक शब्दहरुको मनछोएको भन्दै दर्शकहरुले प्रतिक्रिया दिइरहेका छन्।
विद्यार्थी हुँदा सिर्जना गरेको यो गीत आजको समयमा पनि उत्तिकै सान्दर्भिक भएकाले गीत सार्वजनिक गरेका बताए गीतकार शर्माले । शर्माले भने,’त्योबेला लेखेको गीत अहिले सार्वजनिक हुँदा खुसी लागेको छ।’