कोहलपुरका भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण, पुस्तौँदेखिको सपना पूरा

कोहलपुरका भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण, पुस्तौँदेखिको सपना पूरा
+
-

बाँके- पुस्तौँदेखि जमिनविहीन जीवन बिताउँदै आएका बाँकेको कोहलपुरका सुकुम्वासी तथा भूमिहीन दलित परिवारमा पहिलोपटक जग्गाको लालपुर्जा हात परेकोमा उत्साह छाएको छ।

कोहलपुर नगरपालिका–१ निवासी ८० वर्षीय सनबहादुर राना ४४ वर्षदेखि भूमिहीन अवस्थामा जीवन बिताउँदै आएका थिए। सरकारले लालपुर्जा वितरण गरेपछि उनले जीवनमा पहिलोपटक ठूलो खुसी अनुभव भएको बताए। उनले भने, “सरकारले लालपुर्जा दिएर हाम्रो आत्मा नै खुसी बनाएको छ, अब मर्दा पनि शान्ति मिल्ने भयो।”

कोहलपुर नगरपालिका–१ का १२० सुकुम्वासी र भूमिहीन दलित परिवारलाई भूमि समस्या समाधान आयोगमार्फत प्रतिपरिवार ३४० वर्गमिटर (करिब एक कट्ठा) जमिनको लालपुर्जा वितरण गरिएको हो।

स्थानीय लक्ष्मीबहादुर महतले आफू अब भूमिधनी भएकोमा खुशी व्यक्त गर्दै भने, “हामी वर्षौँदेखि ऐलानी जग्गामा बस्दै आएका थियौँ। अब भने हाम्रो पहिचान परिवर्तन भएको छ। सरकारले गरिबका पक्षमा काम गरेको अनुभूति भएको छ।”

वडाध्यक्ष बद्रीप्रसाद जैसीका अनुसार कोहलपुर नगरपालिका–१ मा लामो समयदेखि ऐलानी जमिनमा बस्दै आएका परिवारहरूलाई पहिलोपटक लालपुर्जा प्रदान गरिएको हो। उनले बाँकी भूमिहीन सुकुम्वासी परिवारलाई पनि क्रमशः पुर्जा वितरण गरिने जानकारी दिए।

भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले कोहलपुर नगरपालिका–१ का सुकुम्वासी र भूमिहीन दलित परिवारलाई वितरण गरिएको यो लालपुर्जा बाँकेको पहिलो र लुम्बिनी प्रदेशकै पहिलो वितरण भएको बताए। उनका अनुसार देशभरको सन्दर्भमा बाँके चौथो जिल्ला हो जसले यस्तो अभियान सुरु गरेको हो।

अध्यक्ष खनालले आगामी जेठ दोस्रो सातासम्म जिल्लाका विभिन्न स्थानीय तहमा थप ९३६ जनालाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार कोहलपुर नगरपालिका–२, १४, १५, नेपालगञ्ज उपमहानगरपालिका–१९ र २०, राप्तीसोनारी गाउँपालिका–७ र बैजनाथ गाउँपालिका–६ मा लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाइएको छ।

हालसम्म बाँके जिल्लामा करिब ५४ हजार आवेदन परेका छन्। आगामी असार महिनाभित्रमा कम्तीमा ६ हजार परिवारलाई लालपुर्जा वितरण गर्ने लक्ष्य राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?