ऋषिङ गाउँपालिका अध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

ऋषिङ गाउँपालिका अध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा
+
-

पोखरा- तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धि कसुरमा मुद्दा दर्ता भएको छ ।

भीमाद नगरपालिका- ६ बस्ने ५७ वर्षीय प्रभात आलेले हुलाकमार्फत पठाएको जाहेरी प्रहरीले दर्ता गरेको हो ।

गएको फागुन १३ गते प्रभात आफैं इलाका प्रहरी कार्यालय बेलचौतारा पुगेर जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले राजनीतिक दबाबका कारण दर्ता गरेको थिएन ।

आलेले पछि बैशाख १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला सरकारी वकिलको कार्यालयलाई हुलाकमार्फत जोहेरी पठाएका थिए । बैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा जोहरी पुगेको थियो । त्यसको ३ दिनपछि मात्रै दर्ता भएको थियो ।

जाहेरी दर्ता भएको विषयमा प्रहरीले सूचना लुकाईरहेको थियो । हुलाकमार्फत आएको जाहेरी व्यक्तिलाई झिकाएरसमेत सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए । ‘कागज गर्ने लगायतको प्रक्रिया बेलचौतारा (इलाका प्रहरी कार्यालय) मार्फत भइरहेको छ,’ उनले भने ।

कुटपिटको घटना फागुन ७ गते रातिको हो । प्रहरीले जाहेरी लिन नमानेपछि बल्ल घटनाबारे लामो समयपछि सार्वजनिक भएको थियो । तर, घटना सार्वजनिक हुदाँसम्म जाहेरी दर्ता भएन ।

नेपाली कांग्रेस तनहुँका उपसभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष श्रेष्ठले भीमाद नगरपालिका- ६ मालेबगर पुरानो स्कुलस्थित आफ्नै घरमा प्रभात आलेलाई कुटपिट गरेको आरोप लगाइएको छ ।

कुटाइ खाएका आले २०१५ सालमा निर्वाचित सांसद स्वर्गीय पदमबहादुर आलेका छोरा हुन् । प्रभातका दाई जीतप्रकाश आले हाल गण्डकी प्रदेश सभा सदस्य छन् ।

जाहेरी दिएका आलेका अनुसार भाइ विलासको जग्गा राजेन्द्रकृष्णले किनेर प्लटिङ गरेर बिक्री गरेका थिए । ७ वर्ष पहिले किनबेच भएको जग्गाको बाटो छोड्ने सहमति थियो । सहमति कार्यन्वयन नभएपछि विवाद सुरु भयो ।

विवाद टुंग्याउन खोज्दा आफूमाथि चोट लाग्ने गरेर कुटेको उनका आरोप छ । आफूमाथि हातपात गरेपछि प्रतिकार गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताएका थिए ।

पूरा समाचार: 

तनहुँमा गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?