मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल
+
-

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य समस्या अहिले गम्भीर चुनौतीका रूपमा देखिएको बताएका छन्।

यसको समाधानका लागि प्रभावकारी नीति र कार्यक्रम तयार गर्न छलफल भइरहेको उनले बताए।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित बैठकमा मन्त्री पौडेलले मानसिक स्वास्थ्य समस्या बढ्दो अवस्थामा रहेकाले सरकारले यस क्षेत्रमा कार्यरत निकायसँग समन्वय गर्दै जनशक्ति विस्तार गर्ने तयारी गरेको जानकारी दिए।

मानसिक स्वास्थ्यसम्बन्धी काममा दोहोरोपना हटाउँदै सरकारी, गैरसरकारी र अन्तरराष्ट्रिय संस्थासँग सहकार्यको प्रयास अघि बढाइएको उनले बताए।

‘मानसिक रोगीको सङ्ख्या दिनदिनै बढिरहेको छ, यसले सम्पूर्ण जनसङ्ख्यामा असर पुर्‍याउन सक्छ,’ मन्त्री पौडेलले भने, ‘यसको समाधानका लागि रणनीतिक रूपमा अगाडि बढ्नुपर्छ।’

मन्त्रालयले मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घसंस्थाबीच कामको दोहोरोपन हटाई जिम्मेवारी स्पष्ट गर्ने तथा समन्वयकारी ढङ्गले काम गर्न पहल थालेको उल्लेख गर्दै मन्त्री पौडेलले मानसिक स्वास्थ्य सेवामा आवश्यक जनशक्ति थप गर्ने योजना अघि सारिएको बताए।

बालबालिकाको मानसिक स्वास्थ्यसम्बन्धी सचेतना बढाउन शिक्षा मन्त्रालयसँगको सहकार्यमा विद्यालय पाठ्यक्रममा मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्यसम्बन्धी विषय समावेश गरिने तयारी भइरहेको उनले बताए।

विद्यालयस्तरसम्म ‘विद्यालय स्वास्थ्य दूत कार्यक्रम’ लागू गर्दै बालबालिकालाई लक्षित सचेतना अभियान चलाइने उनको भनाइ थियो। शिक्षा मन्त्रालयसँगको सहकार्यमा संस्थागत विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ विस्तार गर्ने मन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?