सिमकोट – उत्तरी नाम्खा गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा दक्ष प्रसूतिसम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी नभएको देखिएको छ। स्वास्थ्य सेवा कार्यालयले प्रसूति सेवासम्बन्धी स्वास्थ्यकर्मीलाई तालिम दिनेक्रममा नाम्खा गाउँपालिकाबाट छुटाएपछि यो समस्या देखिएको हो।
हालसम्म गाउँपालिकाभर एक जना पनि प्रसूतिसम्बन्धी तालिम लिएको जनशक्ति नभएको स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले बताए। नाम्खा गाउँपालिकामा चार वट स्वास्थ्य चौकी र छ वटा सामुदायीक आधारभुत स्वास्थ्य इकाई रहेका छन। चार वटा स्वास्थ्य चौकी वडा नम्बर १ को हेक्पा, २ को केर्मी स्वास्थ्य चौकी, मुचु स्वास्थ्य चौकी र लिमी स्वास्थ्य चौकी रहेका छन। यी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी भए पनि प्रसूति सेवा सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी भने .नभएको बताउदै उनले यसले गर्दा गर्भवती महिला अधिकांश सदरमुकाम सिमकोट र जिल्ला बाहिर सुत्केरी गराउन जानु पर्ने अवस्था रहेको बताए। केही स्वास्थ्य चौकीमा सुत्केरी गराउन आउने तर तालिम नलिएकै स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने गरिएको छ।
एकातिर टाढा टाढाबाट बेथा लागेपछि गर्भवती महिलालाई एक दिन समय लगाएर प्रसूतिगृहमा ल्याउनु पर्ने बाध्यता रहेको छ। नेपाल सरकारको स्वास्थ्य नीति तथा कार्यक्रममा प्रत्येक गर्भवती महिलाले अनिवार्य रुपमा संस्थागत सुत्केरी गर्नुपर्ने अर्थात होम डेलिवरी शुन्यमा झार्ने रहेको छ। त्यसमा संस्थागत सुत्केरी भए पनि तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मीबाट हुनु पर्ने भनेर मन्त्रालयको स्वास्थ्यका सुचकहरुले खोज्ने गरेकोे छ। तर यो कुरा नाम्खाका लागि हालसम्म लागु हुन सकेको छैन।
विडम्बना हिमाली क्षेत्र त्यसमा नाम्खा जस्तो दुर्गम र भौगोलिक कठिनाई भएको गाउँपालिकामा प्रसूतिगृहहरुमा तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी नहुनाले त्यस्ता ठाउँका सेवाग्राहीहरुले गाउँ ठाउँ मै सेवा दिन कठिन भएको छ। सवै स्वास्थ्य संस्था गरि अठार जना स्वास्थ्यकर्मी दरबन्दी भएकोमा हाल बाह्र जना कार्यरत रहेको र तीन जना अध्ययन बिदामा गएको र बाँकी तीन जना प्रदेश सरकारबाट बजेट कम निकासा आउने भएको कारण भर्ना नै गरिएको छैन।
स्वास्थ्य सेवा कार्यालयले प्रसूति सेवा सम्बन्धी तालिम दिदा नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मी छुटाएको कारण यो समस्या देखिएको हो। आगामी दिनहरुमा यस्तो खाले तालिमहरुमा प्रथामिकताको आधारमा छनोट र सहभागीे गराउने व्यवस्था गर्न उनले स्वास्थ्य सेवा कार्यालयसंग माग गरे। यसअघि एक जना करार स्वास्थ्यकर्मीलाई तालिम दिएको तर पछि गाउँपालिकाले हटाएको कारण यो समस्या आएको स्वास्थ्य सेवा कार्यालयकी बरिष्ठ अनमी सरिता बोहराले बताइन्। यो दुई महिने तालिम प्रदेशले आयोजना गर्ने भएको कारण सहजै तालिममा सहभागिता गराउन पनि सजिले नभएको त र अब हुने त्यस्ता तालिममा नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई पहिलो प्राथमिकतामा राख्ने उनले बताईन।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































