काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित
+
-

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको तीन स्थानीय तहलाई यस आर्थिक वर्षमा पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ। जिल्लाको १३ तहमध्ये नमोबुद्ध नगरपालिका, भुम्लु गाउँपालिका र मण्डनदेउपुर नगर पालिकालाई पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको हो।

मण्डनदेउपुर नगरलाई एक कार्यक्रमकाबीच नगरप्रमुख एवं नगरस्तरीय खोप समितिका संयोजक टोकबहादुर वाइबा तथा जिल्ला खोप समन्वय समितिका संयोजक दीपककुमार गौतमको उपस्थितिमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरियो।

उक्त नगर पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने स्थानीय तहमध्ये जिल्लामै तेस्रो नम्बरमा पर्न सफल भएको छ। गौतमले नागरिकको सेवामा जनप्रतिनिधि दत्तचित्त रहन सुझाव दिए।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले अबका केही महिनामा जिल्लाका सबै तहलाई यस अभियानमा संलग्न गराइने बताए। हाल उक्त नगरमा १५ महिनामुनिका ३५२, १६ देखि २३ महिनासम्मका २३६ र २४ देखि ५९ महिनासम्मका एक हजार १०७ जना बालबालिकालाई पूर्ण खोप सुनिश्चित भएको नगर स्वास्थ्य शाखाले जनाएको छ। राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी नगरलाई पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको हो।

यस्तै गत वैशाख अन्तिम साता जिल्लाको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकालाई जिल्लामा दोस्रो पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको थियो। गाउँपालिकाले जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनामुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाएकाले पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको जनायो।

चालु आवमा भने नमोबुद्ध नगरलाई गत वैशाख १७ गते जिल्लामा पहिलो पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको थियो। यस वर्ष तोकिएका उमेर समूहका नगरका ४७० बालबालिकालाई शतप्रतिशत खोप लगाएपछि पूर्ण खोप सुुनिश्चित नगर घोषणाा गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?