पर्सा ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषित, प्रदेशकै पहिलो

पर्सा ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषित, प्रदेशकै पहिलो
+
-

वीरगन्ज– पर्सा जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषणा गरिएको छ। शनिबार वीरगन्जमा जिल्ला खोप समन्वय समिति पर्साले आयोजना गरेको कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले पर्सालाई यो उपलब्धि हासिल गरेको जिल्लाको रूपमा घोषणा गरेका हुन्।

यससँगै पर्सा मधेस प्रदेशका आठ जिल्लामध्ये ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषित हुने पहिलो जिल्ला बनेको छ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार जिल्लाका १४ वटै पालिकाका जन्मदेखि १५ महिना र १६ देखि २३ महिना मुनिका सबै बालबालिकाले खोप पाइसकेका छन्।

प्रत्येक पालिकामा खोजी गरी खोपको पहुँचबाहिर रहेका बालबालिकालाई समेत खोपको दायरामा ल्याइएको र उनीहरूले सबै प्रकारका खोप पाएको सुनिश्चित गरिएपछि यो घोषणा गरिएको उनले बताए।

ठाकुरले दिएको जानकारी अनुसार पर्साका १ सय १२ वटै वडामा गरिएको अनुगमनमा भेटिएका आंशिक खोप लगाएका १ हजार ५१८ र खोप नै नलगाएका ७ जना बालबालिकालाई खोपको पहुँचमा ल्याइएको हो।

यसअघि २०८१ जेठ ३ गते पर्सा ‘पूर्ण खोपयुक्त जिल्ला’ घोषणा भएको थियो। पूर्ण खोपयुक्त घोषणापछि १६ देखि ५९ महिनासम्मका बालबालिकाको खोप अवस्था पहिचान गरी छुटेकालाई खोप लगाउने कार्यलाई निरन्तरता दिइएको थियो।

कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रममा उत्कृष्ट काम गर्ने १४ वटै पालिकाका स्वास्थ्य संस्थाहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो।

जिल्ला खोप समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफको अध्यक्षता र स्वास्थ्यमन्त्री सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव राकेश मिश्रा, स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख प्रमोद झा, विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधि, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलगायत विभिन्न सरोकारवालाहरूको सहभागिता थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?