उपप्रधानमन्त्री सिंहसहित कांग्रेसका ६ नेताको निष्कर्षः सरकार सात बुँदे सहमतिअनुसार चलेन

उपप्रधानमन्त्री सिंहसहित कांग्रेसका ६ नेताको निष्कर्षः सरकार सात बुँदे सहमतिअनुसार चलेन
+
-

काठमाडौँ – कांग्रेसका ६ जना नेताहरु सरकार सात बुँदे सहमतिअनुसार नचलेको निष्कर्ष निकालेका छन्।

आइतबार पूर्वपदाधिकारी तहका ६ जना नेताहरुले पूर्वउपसभापति गोपालमान श्रेष्ठको निवासमा बैठक गरेर सरकार गत असार १७ गते भएको सात बुँदेको मर्मअनुसार नचलेको ठहर गरेका हुन्।

बैठकमा श्रेष्ठसहित, पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरु कृष्ण सिटौला, प्रकाशमान सिंह, शंशाक कोइराला, पूर्वसहमहामन्त्री प्रकाशशरण महत सहभागी थिए।

सहभागी एक नेताका अनुसार दुई ठूला दल मिल्दा पनि जनतामा देखिएको निराशा बढेको भन्दै प्रधानमन्त्री र सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेका छन्।

बैठकमा सहभागी एक नेताले भने, ‘दुई ठूला दल मिल्दा पनि सरकारको काम प्रभावकारी भएन भन्ने साझा बुझाइ रह्यो। जनतामा निराश बढेको छ। सरकारको काम प्रभावकारी बनाउन आवश्यक छ।’

सरकारप्रति असन्तुष्टि बढिरहेका बेला सभापति देउवा निकटका नेताहरु नै संगठित रुपमा सरकारको कामप्रति असन्तुष्ट देखिएका हुन्। अझ कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री सिंहकै सहभागीतामा सरकारको कामप्रति असन्तुष्टि पोखिएको हो।

नेताहरुको भेलामा पार्टीको महाधिवेशनलाई समयमै गर्न तयारी थाल्ने विषयमा पनि कुराकानी भएको थियो। पार्टीको १५औँ महाधिवेशनमा देउवाको उत्तराधिकारी हुने भन्नेमा पूर्व पदाधिकारीहरुले निरन्तर छलफल गर्दै आएका छन्। बैठकमा सिटौलाले सभापति देउवालाई बलियो र आश्वस्त दुवै बनाउँदै लैजानुपर्ने धारणा राखेका थिए। उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘महाधिवेशन आउँदैछ, सभापति ज्यूलाई देउवालाई बलियो बनाऔँ। साथै आवस्त पनि बनाउँदै जाऊ।’

अघिल्ला बैठकहरुमा उपसभापति पूर्णबहादुर खड्कासमेत सहभागी हुने गरे पनि यसपटक उनी काठमाडौँ बाहिर भएकाले आइतबारको छलफलमा नगएको बताइएको छ। आफूहरुबीच छलफल गरेर उनीहरुले एकपटक सामूहिक रुपमा सभापति देउवासँग आउँदो महाधिवेशनका बारेमा कुराकानी गरेका थिए।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’