झ्याप्प–झ्याप्प बिजुली: आक्रोशित नागरिक, दोष पन्छाउँदै प्राधिकरण

झ्याप्प–झ्याप्प बिजुली: आक्रोशित नागरिक, दोष पन्छाउँदै प्राधिकरण
+
-

काठमाडौँ– १ जेठको दिन साँझले छुँदै गर्दा देशका धेरै स्थान अन्धकारमय भयो। बिजुली बाल्ने समय साँझमा बिजुली गएपछि नेतादेखि कलाकार र सर्वसाधारण सबैले विद्युत प्राधिकरण र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यमाथि प्रश्न उठाए।

कतिपयले प्रधामन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री दीपक खड्कालाई गाली गर्नसमेत भ्याए। किनकि प्रधानमन्त्री ओली र ऊर्जामन्त्री खड्काको जोडबलमा लोडसेडिङ हटाउने बागडोर सम्हालेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ११ चैत्रमा हटाइएको थियो।

कार्यकाल चार महिना बाँकी रहँदा नै कुलमानलाई हटाएर शाक्यलाई ल्याइएको थियो। शाक्यलाई प्राधिकरणमा ल्याइएदेखि सर्वसाधारणमा अब लोडसेडिङ त हुने होइन भन्ने चिन्ता देखिन्छ।

उनी आएदेखि कतिपयले धेरै लोडसेडिङ हुने गरेको गुनासो गरिरहेका छन्। सामाजिक सञ्जालमा यति धेरै गुनासो देखिन्छ कि शाक्यलाई सरकारले उर्जा क्षेत्रको विकास गर्न होइन, लोडसेडिङ गराउन ल्याएको जस्तो भएको छ।

शाक्यप्रति सर्वसाधारण नकारात्मक भइरहेको समयमा पाँच दिनअघि १ जेठमा करिब ३ घण्टा देशका प्राय: ठाउँ अन्धकार हुँदा उनीमाथि स्वभाविकै नागरिकहरू खनिए। साँझको साढे पाँच बजेदेखि राती आठ बजेसम्म देश अन्धकार भएको थियो।

जेठ १ गते तीन घण्टा बिजुली गएपछि काठमाडौँमा ममबत्ती बालिँदै। तस्बिर: नेपाल फोटो लाइब्रेरी

२०७३ को लक्ष्मीपुजाका दिनदेखि लामो लोडसेडिङ नभोगेको देशको राजधानी काठमाडौँले सायद १ जेठमा भोग्यो। यो लोडसेडिङ त थिएन, भारतबाट बिजुली ल्याइएको ढल्केवर–मुजफ्फरपुरको प्रशारण लाइनमा तीव्र हावाका कारण क्षति पुगेको थियो।

भारतबाट आउने विद्युत नआएपछि नेपालमा कम विद्युत उत्पादनका कारण लोड (विद्युत प्रयोग) व्यवस्थापन हुन नसक्दा देशका धेरै ठाउँ अन्धकार भएको प्राधिकरणले जनाएको छ।

लोडसेडिङ बढेको गुनासो

शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएर आएपछि देशमा अनिश्चितकालिन लोडसेडिङ भइरहेको गुनासो बढिरहेको छ। २०७५ सालमा नेपाललाई लोडसेडिङ मुक्त घोषणा गरिएपछि बेलाबेलामा बिजुली गइरहने हुँदा लोडसेडिङ हुन लागेको विषय उठ्ने गरेको भए पनि यस पटक भने लोडसेडिङ हुने गरेको विषय धेरै उठिरहेको छ।

विद्युत अनियमित भएको भन्दै विद्युत प्राधिकरण र प्रधामन्त्रीविरुद्ध प्रदर्शन हुनुका साथै ज्ञापनपत्र बुझाउने काम भइरहेको छ।

लोडसेडिङले उद्योग, व्यापार तथा सर्वसाधारणको जनजीवन प्रभावित भएको भन्दै दाङको राप्ती गाउँपालिकाका उद्योगी–व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्रमा सोमबार (आज) ज्ञापनपत्र बुझाए। उद्योगीहरूले प्राधिकरण अगाडि उभिएर प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरे।

दाङ देउखुरीका उद्योगीहरू विद्युत प्राधिकरण लमही अगाडि प्रदर्शन गर्दै। तस्बिर: सामाजिक सञ्जाल

आइतबार मात्र दाङ देउखुरीको राप्ती प्रेस मञ्चले विद्युत प्राधिकरणसहित प्रधानमन्त्री कार्यालयलाई लोडसेडिङ हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो। देउखुरी क्षेत्रमा अनधिकृतरुपमा विद्युत प्राधिकरणले विभिन्न बहाना बनाउँदै विद्युत कटौती गरेको भन्दै प्रेसपञ्चले ईलाका प्रशासन कार्यालय लमहीमार्फत ज्ञापन पत्र बुझाएको थियो।

आइतबार बेलुका झापाको दमकस्थित गणतन्त्र चोकमा केही सामाजिक अभियन्ताले लोडसेडिङ भएको भन्दै प्राधिकरणविरुद्ध प्रदर्शन गरे। उनीहरूले प्रधानमन्त्री, उर्जामन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए।

काठमाडौँमा जेठ १ गतेमात्र होइन अर्को दिन २ गते पनि बिजुली जानेआउने समस्या थियो। २ गते सिंहदरबाभित्र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिको बैठक मोबाइलको लाइट बालेर बसेको थियो। बैठकमा सहभागी रास्वपा सांसद सुमना श्रेष्ठको सचिवालयले ‘फोनको बत्तीमा शिक्षाको उपसमिति अहिले!’ भनेर फेसबुकमा पोस्ट गरेर लोडसेडिङको अवस्थाबारे जानकारी गराएको थियो।

शिक्षा उपसमितिको बैठकमा मोबाइलको लाइट बालिएको दृष्य। तस्बिर: सुमना श्रेष्ठको सचिवालय

सोही दिन हास्य कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा)ले बिजुली जाने आउने गरेपछि व्यङ्ग्य गर्दै प्राधिकरणका कार्यकारी निर्देशक शाक्य लक्षित स्टाटस लेखेका थिए। ‘सालो त सालो कस्को सालो सालो। त्यो सालो आएसी अन्धकार र कालो’, उनले भनेका थिए।

प्रधानमन्त्री ओलीको माइती शाक्य परिवार हुँदा निर्देशक शाक्यलाई सालाको रुपमा व्यङ्ग्य गरिने गरिएको छ। यद्यपि हितेन्द्रदेव शाक्य प्रधानमन्त्री ओलीको सालो भने होइनन्।

बिजुली अनियमित हुने र कार्यकारी निर्देशक शाक्य, उर्जामन्त्री खड्का र प्रधानमन्त्री ओलीलाई गाली गर्नेको ठूलै पङ्ति छ।

बिजुली जाने समस्या देखिएपछि संसद्‌मासमेत कुरा उठ्न थालेको छ। आइतबारको संसद् बैठकमा रास्वपाका सांसद शिव नेपालीले घरघरमा अँध्यरो भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। यस्तै नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले आजभोलि झ्यापझ्याप बिजुली जाने गरेको बताउँदै सरकारको आयुमाथि प्रश्न उठाइन्।

शाक्यमाथि चौतर्फीरुपमा खनिएपछि प्रधानमन्त्री ओलीको सचिवालयकै व्यक्ति उनको बचाउनमा उत्रनु परेको छ। १ जेठदेखि शाक्यमाथि चर्को विरोध हुँदा आइतबार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल उनको बचाउमा उत्रनु परेको छ।

रिमालले सामाजिक सञ्जालमा लेखेर शाक्यलाई ढाडस दिँदै भनेका थिए– ‘बलेको बत्तीमुनि बसेर ‘बिजुली गयो’ लेख्नेदेखि सजग रहनु।’ रिमालले शाक्यलाई आफ्नो क्षेत्रमा काबिल रहेको र प्राधिकरणलाई कसरी प्रगतिमा पुर्यााउन सकिन्छ भन्नेमा इमान्दार पनि रहेको भन्दै प्रशंसा गर्न भ्याएका थिए।

दोष भने हावाहुरीलाई 

१ जेठमा करिब तीन घण्टा बिजुली जानुको कारण ढल्केवर–मुजफ्फरपुरको ४०० केभी डबल सर्किट हावाहुरीले समस्या निम्त्याउनु र ढल्केवर–नवलपुर प्रशारण लाइनमा रुख ढलेर टावरमा क्षति गर्नु भएको विद्युत प्राधिकरणले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

रुख ढलेका कारण अर्को दिन शुक्रबार पनि नेपालको विद्युतीय सर्किटमा केही समस्या देखिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोही दिन पत्रकार सम्मेलनमा भनेका थिए।

उनले जलवायु परिवर्तनका कारण निश्चित ठाउँमा मात्र केन्द्रीय भएर तीब्र हावा चल्दा प्रशासन लाइनमा समस्या देखिएको बताए।

साथै उनले पत्रकार सम्मेलनमा अर्को महत्वपूर्ण पक्ष विद्युत लाइनको संरचनाको कमजोरीका कारण पनि झ्याप्प–झ्याप्प लाइन जाने गरेको बताए। पहिले बनेका संरचनाले हाल बढेको ग्राहकको संख्यालाई नधान्ने र बढी लोड भएपछि बिजुली जाने आउने हुने बताए।

‘संरचनाको अवस्था कमजोर छ। हाम्रो उत्पादन ३५ सय मेगावाट पुगेको छ। २४ सय मेगावाट हाम्रो प्रणालीमा जडित छ। दुई हजार मेगावाट अहिले उत्पादन भइरहेको छ’, उनले भने ‘हाम्रो जुन उत्पादन भइरहेको छ त्यसअनुसारको विद्युतीय संरचना बनेको छैन। अहिले हाम्रो संरचना कम क्षमताका छन्। त्यस पनि समस्या निम्तिएको छ।’

उनले उत्पादनअनुसार संरचना नबनाइ विद्युत प्राधिकरणमा ठूलो समस्या निम्तने पनि बताए। विद्युत प्राधिकरणमा संरचनाको विषय पहिले पनि उठेको विषय हो।

हाल विद्युत प्रणालिमा भइरहेको समस्या मौसमी समस्या भएको प्राधिकरणको भनाइ छ। चैत, वैशाखमा बढी हावाहुरी चल्दा चार चुडिने, पोल ढल्ने, रुख ढलेर प्रशारण तथा वितरण लाइनमा क्षति गर्ने गरेका कारण झ्याप–झ्याप लाइन आउने जाने समस्या देखिने गरेको प्राधिकरणका प्राविधिकहरू बताउने गर्छन्।

यस्ता समस्या कसरी समाधान गर्ने भन्नेमा कुनै ठोस योजना रहेको छ। कार्यकारी निर्देश शाक्य अल्पकालीन र दीर्घकालिन कार्य गरेर यी समस्या समाधान गरिने बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?