दशौं वातावरण साहित्य गोष्ठी जेठ १७ गते हुने, पुस्तक लोकार्पण र पुरस्कार अर्पण गरिने

दशौं वातावरण साहित्य गोष्ठी जेठ १७ गते हुने, पुस्तक लोकार्पण र पुरस्कार अर्पण गरिने
+
-

काठमाडौँ- नेपाली पर्या साहित्य प्रतिष्ठानको आयोजनामा तथा साहित्य पोष्टको सह-आयोजनामा ‘दशौं वातावरण साहित्य गोष्ठी’ जेठ १७ गते प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजना हुने भएको छ।

गोष्ठीमा लेखक विजय हितानद्वारा रचित पर्या कविता ‘मलाई आर्यघाट लगेर नजलाउनु’ को लोकार्पण गरिनेछ। साथै पर्या निबन्ध प्रतियोगितामा सहभागी १०८ निबन्धमध्येबाट छानिएका उत्कृष्ट ३२ निबन्धहरूको संग्रह सार्वजनिक गरिने कार्यक्रम रहेको छ।

गोष्ठीमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने निबन्धकारहरूलाई पुरस्कारसहित सम्मान प्रदान गरिनेछ भने बाँकी २९ जना प्रतियोगीलाई पनि सम्मान गरिने आयोजकले जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा।अभि सुवेदी हुनेछन् भने विशेष अतिथिका रूपमा ज्ञानबहादुर क्षत्री रहनेछन्।

गोष्ठीका नोट स्पिकर डा. गोविन्दराज भट्टराई रहनेछन्। त्यसैगरी डा. गीता त्रिपाठी र डा. अशोक थापा कार्यक्रमका वक्ता रहनेछन्।

कार्यक्रमको संयोजन विजय हितानले गरेका छन्। आयोजकका अनुसार यो गोष्ठीले वातावरण र साहित्यबिचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्य राखेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?