के घर के डेरा – २ हेरेर म किन रमाएँ?

के घर के डेरा – २ हेरेर म किन रमाएँ?
+
-

चलचित्र एउटा मनोरञ्जन मात्र नभएर शिक्षा, ज्ञान र चेतना प्राप्तिको माध्यम पनि हो। पछिल्ला नेपाली चलचित्रहरूले आफ्नो उक्त मानकलाई राम्रोसँगले अगाडि बढाइरहेका छन्। पछिल्लो समयका चलचित्रले कुनै भड्किलो तथा तडकभडक र अतिरञ्जित कथावस्तु र पात्रको हाउभाउबिना पनि सरल र सहज ढंगले पनि सफल हुन सकिन्छ र दर्शकको मन जित्न सकिन्छ भन्ने प्रमाणित गरिरहेका छन्।

चलचित्रको कथाले दर्शकलाई आकर्षित गर्ने बहानामा उत्ताउलो सिन र उत्ताउलो फेसनबिना पनि राम्रो चलचित्र बन्न सक्छ भन्ने सन्देश बोकेको चलचित्रहरू पछिल्लो समयमा बनिरहेको अनुभूति हुन्छ।

यस्तै प्रतिभाका कारण अभिनेता खगेन्द्र लामिछानेको विगतका चलचित्रको अनुभव, अध्ययन र सालिनताले म मन्त्रमुग्ध हुँदै आएको थिएँ। त्यसैले पनि उनको नयाँ चलचित्र ‘के घर के डेरा घर नं २’ हेर्न लागि उत्सुक थिएँ।

चलचित्र हेरेपछि मेरो आशालाई उहाँले पुन: एकपटक न्याय गर्नु भएको महसुस गरें। मलाई चलचित्रले ‘पोजेटिभ भाइब्स’ मात्र सञ्चार गरेन, नेपाली चलचित्रप्रतिको नजर पुन: एकपटक धेरै माथि पुर्‍याएको छ।  हरेक परिवारका तीन पुस्ता सँगै बसेर व्यवहारका समस्या, आर्थिक समस्या र मनोविज्ञानलाई सरल र सहज ढंगले व्यवस्थापन गर्न सकिन्छ भन्ने सामाजिक भोगाइलाई उपयुक्त ढंगले प्रस्तुत गरिएको चलचित्र मेरो भोगाइको जीवन्त कथा पनि हो।

माया, प्रेम, आदर र मेलमिलाप तथा सामाजिक भावना, संस्कार र एकअर्का प्रतिको सम्मान र इज्जत गर्न यस चलचित्रले सिकाएको छ।

म सानासाना प्रसङ्ग र विषयमा भावनात्मक भएँ। हरेक संवाद र त्यसको संयोजन र विषयवस्तुले आँखा रसाए।

सँगै बसेर ‘इन्जोय’ गरिरहेकी ११ वर्षीय छोरीका अगाडि म साँच्चिकै भावुक बनेको थिएँ। म मानसिक कमजोरी र उदासीनताले भावुक भएको भन्दा पनि जीवनका भोगाइहरूको ‘नोस्टाल्जिया’मा हराएको थिएँ सायद। मैले यो कमजोरीभन्दा पनि चलचित्रको जितका रुपमा लिएको छु। यस्ता चलचित्रहरू सधैँ बनिरहून् जसले म र मेरो पुस्तालाई मात्र होइन, नयाँ पुस्तालाई समेत सतमार्गमा हिँड्न प्रेरित गरोस्।

आजको दिनमा खगेन्द्र लामिछानेको नाम नै काफी भइसकेको छ। उनले यो आजको दिनमा प्रमाणित गरिसकेका छन्। फिल्मी दुनियाँमा म पछाडि नै छु, आफूलाई एउटा सामान्य दर्शक मात्र मान्छु। विरलै सिनेमा हेर्छु। कति पटक सिनेमा हलमा निदाएको छु।

विगतमा सामान्य दर्शक म, पछिल्ला दिनमा सामान्य तर्क, वितर्क र प्रतिक्रिया र आलोचना दिने व्यक्तिका रूपमा साथीसमूह र परिवारबीच नै किन नहोस्- एउटा भूमिका खेलिरहेको हुन्छु। म अलि भावुक पनि छु, कतिखेर नजानिँदो पाराले कुन दृष्य, सम्वाद र प्रसङ्गले छुन्छ, पत्तै हुँदैन।

श्रीमान श्रीमतीबीचको फरक आवश्यक्ता/प्राथमिकता, रहर र चाहनाले कस्तो अवस्था आउँछ! अभिभावकको व्यवहार र सम्बन्धले बच्चालाई कस्तो असर र प्रभाव पार्छ, समस्या जस्तोसुकै भए पनि बच्चालाई अगाडि कस्तो नाटक, अभिनय र भूमिका देखाउनुपर्छ भन्ने चित्रण यस सिनेमाले गरेको छ।

कस्ताकस्ता घटनाहरुले दुईबीच शंका र दुर्घटना निम्त्याउन सक्छ? यसबाट कसरी संयमित हुने र जोगिने भन्ने मनोविज्ञान पनि चलचित्रले बाहिर ल्याएको छ। पैसा के हो, कति महत्व रहन्छ? जीवनमा र कस्तोकस्तो कामका लागि यसको उपयोग हुन्छ? समाजका हरेक पात्र बाहिर जति खुसी र सुखी देखिन्छन्, भित्रभित्र आ-आफ्नो व्यथा र समस्या हुन्छ भन्ने चलचित्रले देखाएको छ।

अनुभवी निर्देशक दिपेन्द्र के खनालको खारिएको क्षमताले कलाकारहरूबाट खारिएको काम निकालेको छ। यो चलचित्रको टिमलाई सफलताको शुभकामना सँगै आगामी दिनमा पनि नेपाली माटोलाई सुहाउँदो कथावस्तुमा सिनेमा हेरिरहन पाउँ भन्ने कामना पनि गर्दछु।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?