अभियन्ता उज्जवलबिक्रम थापा देशसञ्चार चौतारीको यसपटकको अतिथि छन्। पछिल्लो समय उनले तेजाव आक्रमण र जलनका विषयमा देशसञ्चार चौतारीमा लामो कुराकानी गरेका छन्।
पछिल्लो समय उनी जलनको अभियानमा लामो समयदेखि लागिरहेका छन्। उनी विगत ३० वर्षदेखि यसै क्षेत्रमा लागिरहेका छन्।
एउटा जलेको बालकलाई सहयोग गर्ने क्रममा आफू जलनसम्बन्धी अभियानमा जीवन नै समर्पित हुने अवस्थामा पुगेको उनले देशसञ्चार चौतारीका क्रममा बताए।
बिजुलीगाडीमा आगलागी भयो भने कुनै हिसाबले पनि निभाउन नसकिने उनले बताएका छन्।
नेपालमा १ लाख रुपैयाँ मासिक शुल्क लिने स्कुलमा पनि ‘फायर एक्जिट’नभएको दुखद सन्दर्भ उनले सहकर्मीमाझ निकाले।
गृह मन्त्रालयमा आफू तक्मा लिन जाँदा मानिसहरूले नलिएका तक्माहरूको खात नै देखेको प्रसंग पनि उनले सुनाए।
‘एसिड भिक्टिम’हरूलाई न्याय दिलाउन उनी लागिरहेका मात्र छैनन्, उनले यस्ता पीडितहरूका लागि कानुन पनि निर्माण गराउन दबाब दिए।
जिउँदै मानिस जलेको पीडा एकदमै बढी हुने उनले बताए।
एसिड आक्रमणलगत्तै हुने पीडालाई सम्बोधन गर्नुपर्ने र निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने उनले बताए। एसिड आक्रमणमा पर्नेलाई सरकारले जागिरको व्यवस्था गर्नुपर्ने पनि आफ्नो माग रहेको उनले बताए।
एसिड आक्रमण नेपालको मात्र समस्या नभएर विश्वकै समस्या रहेको उनले बताए। त्यस्तै, महिलालाई मात्र एसिड आक्रमण हुने नभई जसलाई पनि यस्तो आक्रमण हुने उनले बताए। तेजाव आक्रमणबिरुद्ध कानुन ल्याउन उनको प्रयासले साकार रूप लिन सात वर्ष समय लागेको पनि उनले बताए।
तेजाब बेच्नेलाई १० वर्ष जेल हाल्ने कानुन सार्वजनिक भएपछि तीन वर्षदेखि नेपालमा एउटा पनि तेजाव आक्रमण नभएको उनले बताए। अहिले तेजाव आक्रमण गर्नेबिरुद्ध बलियो कानुन रहेकाले यससम्बन्धी घटना कम भएको पनि उनले देशसञ्चार चौतारीका क्रममा बताए।
जलन अपराधको सबै केसहरूमा कानुन उत्तिकै कडा बन्नुपर्ने उनले बताए। सबैभन्दा कमजोर वर्ग जल्ने तथा उपचारका लागि सबैभन्दा महँगो खर्च लाग्ने पनि उनले बताए।
‘जलनको क्षेत्रमा काम गर्दा सबैभन्दा गाह्रो के छ भने जसले भोग्यो ऊ भूमिगत हुन चाहने भएकाले उसले अर्को पीडितलाई आत्मबल प्रदान गर्न सक्दैन,’ उनले भने।
उनले जिउँदै जल्नुजस्तो अरू पीडा केही नहुने उनले बताए। ‘जिउँदै जलेको व्यक्ति कहिले पनि बाहिर आउन चाहँदैन,’ उनले भने।
उनले यो मान्छेको भ्यालु नभएको देश भएको उल्लेख गर्दै एउटै क्षेत्रमा लगातार लागिरह्यो भने परिवर्तन आउने पनि बताए। पैसा नहुँदा जलेका कतिपय पीडित अस्पतालसम्मै आइनपुग्ने दुखद सन्दर्भ पनि उनले उल्लेख गरे। यो देशमा विद्युत प्राधिकरणले जति बालबालिका कसैले नमारेको दाबी पनि उनले गरे।
विस्तृत भिडियो: