फिल्म कलेज अस्करले ‘काठमाण्डु कोरिडोर’ फिल्म बन्न सघाउने

फिल्म कलेज अस्करले ‘काठमाण्डु कोरिडोर’ फिल्म बन्न सघाउने
+
-

दुई दशक लामो सिनेमा अध्यापनको यात्रामा थुप्रै दक्ष जनशक्तिहरू उत्पादन गरिसकेको अस्कर कलेजले अब कलेजबाट दीक्षित भएर फिल्म बनाउन बाटो खोजिरहेका प्रतिभाशाली र क्षमतावान् विद्यार्थीहरूलाई फिल्म निर्माणमा सघाउने भएको छ।

कलेजबाट दीक्षित विद्यार्थीहरू र कलेजको सहकार्यमा पहिलोपल्ट निमार्ण हुन लागेको फिल्मको शीर्षक अनावरण गरिएको छ। मंगलबार कलेज परिसरमा भएको कार्यक्रममा फिल्मको नाम ‘काठमाण्डु कोरिडोर’ रहने कुरा सार्वजनिक गरिएको हो।

मिराज मोसन पिक्चर्सको प्रस्तुती तथा अस्कर कलेज र जुन्को पिक्चर्सको सहकार्य रहने ‘काठमाण्डु कोरिडोर’ फिल्मको निर्देशन सुरज कटुवालले गर्नेछन्। सर्ट फिल्महरुबाट आफ्नो दक्षता साबित गरिसकेका कटुवाल अस्कर कलेजकै पटकथा लेखन तथा फिल्म निर्देशनमा दीक्षित विद्यार्थी हुन्। उनले हाल चर्चामा रहेको फिल्म ऊनको स्वीटरको पटकथा सह-लेखन गरेका हुन्।

फिल्मको छायांकन जेठको दोस्रो हप्तादेखि सुरू हुने सिनेमेटोग्राफर तथा निर्माता उज्जल बस्ताकोटीले बताए। उनी कान्समा अवार्ड जितेको सर्ट फिल्म लोरी, चिसो एस्ट्रे र पाकिस्तानी फिल्म याज्मिनस् एलिमेन्ट जस्ता फिल्मका सिनेमेटोग्राफर हुन्।

कलेजका प्राध्यापक रामराजा दाहालले सिनेमा पढेका विद्यार्थीलाई कलेज सकेपछि फिल्म निर्माण कहाँ कसरी गर्ने भन्ने ठूलो चिन्ता हुने भएकोले त्यही चिन्ता दूर गर्न कलेजले वर्तमान तथा दीक्षित विद्यार्थीलाई फिल्म निर्माणका लागि सहयोग गर्ने निर्णय लिएको बताए। उनले भने, ‘कलेजले फिल्म निर्माणका लागि चाहिने सम्पूर्ण प्राविधिक उपकरण तथा भौतिक स्रोत साधन उपलब्ध गराउने छ।’

कलेजको यात्रामा कोशेढुङ्गाको रुपमा रहने ‘काठमाण्डु कोरिडोर’ फिल्मको नेतृत्व गर्नलाई मेरुदण्ड बनिदिने फिल्मको निर्माता बस्ताकोटीप्रति कटुवाल नतमस्तक भए। फिल्मको छायांकनको पनि जिम्मेवारी लिएका बस्ताकोटी विगत तिन महिनादेखि सहबास गर्दै आएका छन्। ‘निर्देशक र छायांकार एउटै पानामा हुनको लागि धेरै भन्दा धेरै समय बिताउनु पर्ने भएकोले हामी रुम सेयर गरेर बस्न थालेका हौँ,’ बस्ताकोटीले आफ्नो कम्फर्ट जोनमा बसेर फरक शैलीको फिल्म बनाउनको लागि सम्पूर्ण प्रकृया फरक हुनुपर्ने कुरामा जोड दिँदै भने।

फिल्मको निर्माण प्रक्रियालाई परम्परागत भन्दा फरक बनाउनको लागि उपनाईएका सिर्जनात्मक शैलीहरुको बारेमा बिस्तारै जानकारी गराउँदै जाने भन्दै फिल्मको कलाकार, तथा प्राविधिकहरु पनि सार्वजनिक गरिएको छ।

फिल्ममा शान्तिदूत पाण्डे, अञ्जसा रिजाल, गुड्डु, योगेन्द्र राना, इन्दु लम्साल, नुसा लिम्बु, दिपक केसी, सुदन पोखरेल, निरु खड्का, सुवर्ण थापा, सुचित्रा उप्रेती, शाश्वत पाण्डेलगायत कलाकारको अभिनय रहने छ।

शर्मिला आलेको सहलेखनमा बन्ने फिल्ममा कृष्ण भण्डारीले सम्पादनको भूमिका निर्वाह गर्नेछन्। सुदाम सिके कास्टिङ निर्देशक र जेम्स ढकाल सहायक कास्टिङ निर्देशक छन्। फिल्मको कला निर्देशन मञ्जुश्री नेपालीले गर्नेछिन् आकृति ढुङ्गानाको प्रोडक्सन डिजाइन रहने छ। निर्माण व्यवस्थापन मदन श्रेष्ठले गर्नेछन्।

सहायक निर्देशन अश्विन थापा, सहायक छायाँकार रञ्जन महत र सहायक निर्माण व्यवस्थापन विज्ञान थापाले गर्नेछन्। कलेजका शिक्षक मनोजबाबु पन्तले फिल्मको पटकथा सल्लाहकारको भूमिका निर्वाह गर्नेछन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?