मुगुका युवा अक्कलले पूरा गरे सगरमाथाको सफल आरोहण

मुगुका युवा अक्कलले पूरा गरे सगरमाथाको सफल आरोहण
+
-

मुगु (गमगढी) – कर्णालीको गौरव र राराको पवित्र पानी बोकेर सगरमाथाको चुचुरोमा पाइला टेक्ने साहसी कार्य एक जना युवा अक्कल बोहोरा ले सम्पन्न गरेका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को सफल आरोहण गर्दै उनले कर्णालीको माटो, रारा ताल र कर्णाली नदीको पानी र नेपाली पहिचानलाई चुचुरोमा पुर्याटएका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल (APF) का पूर्व सदस्य बोहोरा गत हप्ता सफल आरोहणपछि सकुशल आधार शिविर फर्किएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। उनले यो अभियान केवल व्यक्तिगत सपना नभएर सम्पूर्ण देश, विशेषगरी कर्णाली क्षेत्रको आत्मबल, धैर्य र साहसको प्रतिनिधित्व भएको उल्लेख गरेका छन्।

बोहोरा भन्छन्, ‘यो यात्रा केवल मेरो नभई हामी सबैको साझा सपना थियो। मैले रारा ताल र कर्णाली नदीको पानी सगरमाथाको चुचुरोमा पुर्‍याएर त्यसलाई ऐतिहासिक बनाएको छु।’

यस अभियानमा Ticino Treks & Expedition को महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले माउन्टेन गाइड मिङ्मा डुक्पा शेर्पा (संखुवासभा) प्रति विशेष आभार व्यक्त गरेका छन्। मिङ्माको सुझबुझ, धैर्यता र नेतृत्व क्षमताले नै यो कठिन लक्ष्य सम्भव भएको उनले बताएका छन्।

बोहोरा सशस्त्र प्रहरी बलमा कार्यरत रहँदा सिकेको अनुशासन, आत्मबल र मानसिक तयारीले सगरमाथा चढ्न सघाएको अनुभव सुनाउँछन्।

उनले आफ्नो सफलता पछाडि परिवार, साथीभाइ, शुभचिन्तक र समग्र नेपाली जनताको प्रेरणा र माया रहेको उल्लेख गरेका छन्। ‘यो सफलता केवल मेरो होइन, हामी सबैको हो,’ उनी भन्छन्, ‘सही संकल्प, आत्मविश्वास र समर्पित साथीसँग जुनसुकै उचाइ चढ्न सकिन्छ भन्ने पाठ मैले यो यात्राबाट सिकेको छु।’

सगरमाथा आरोहण सफल बनाएका बोहोरा कर्णाली प्रदेशको बिकट जिल्ला मुगु जिल्ला छायाँनाथरारा नगरपालिका थार्प गाउँका बासिन्दा हुन अहिल यो सफलता पछि युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?