लुम्बिनीः नीति तथा कार्यक्रमअनुरूप बजेट ल्याउन महराको सुझाव

लुम्बिनीः नीति तथा कार्यक्रमअनुरूप बजेट ल्याउन महराको सुझाव
+
-

दाङ – लुम्बिनी प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट ल्याउन सुझाव दिएका छन्।

लुम्बिनी प्रदेशको छैठौँ अधिवेशनको आठौं बैठकलाई शनिबार सम्बोधन गर्दै उनले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकारले दरो मुटु र खुट्टा गराउनुपर्ने बताएका हुन्।

उनले उद्योग, कृषि, जडिबुटीमा आधारित वन, पर्यटनलगायतका क्षेत्रमा ध्यान दिएर काम गर्न जरुरी रहेको बताए। प्रदेशको समृद्धि र विकासका लागि राजनीतिक आग्रह–पूर्वाग्रह त्यागेर अघि बढ्न जरुरी रहेको र त्यसका लागि सरकारले वातावरण बनाउनुपर्ने बताए।

`काम गर्ने इच्छाशक्ति र हुटहुटी जाग्नुपर्ने हो। तर, त्यस्तो अहिले देखिँदैन,´ उनले भने,`प्रदेशको विकासको आधार पर्यटनलाई मानेका छौँ। तर, त्यसअनुसार काम नभएको देखिन्छ। पर्यटनको निम्ति छुट्याइएको बजेट मठ, मन्दिर, प्रतिष्ठानका नाममा भवन बनाउने काममा खर्चिनु हुँदैन। पर्यटनमैत्री वातावरण बनाउन, भ्रमणका लागि उपयुक्त अवसर सिर्जना गर्नतर्फ ध्यान दिनुपर्ने छ।´

तीन तहको सरकारबीच समन्वय र सहकार्यबिना संघीयतालाई बलियो बनाउन नसकिने भन्दै आपसी सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको उनले बताए।

`तीन तहको सरकारबीच समन्वय नहुने हो भने रिजल्ट देखिँदैन। त्यसैले सहकार्यको वातावरण बनाउन जरुरी छ,´ उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?