
लेखक शैलेन्द्र अधिकारीको आख्यानात्मक पुस्तक ‘अर्हत’माथि चर्चा परिचर्चा भएको छ।
बुद्ध दर्शनमा आधारित उपन्यास अर्हतमाथिको चर्चामा विभिन्न लेखक तथा समीक्षकहरूको सहभागिता थियो। चर्चाको क्रममा बुद्ध के हो बुद्धले अर्हत कसरी प्राप्त गरे भन्ने बारे थाहा पाउनका लागि पनि उपन्यास अर्हत पढ्न आवश्यक रहेकाे आैल्याए।
लेखक अधिकारीसहितको कार्यक्रममा समीक्षक राजकुमार बानियाँले अद्योपान्त पढ्नु पर्ने बताए। उनले भने, ‘यो पुस्तक बुद्धमाथि नै लेखिएकाे हाे र अद्याेपान्त पढ्नै पर्ने पुस्तक हाे।’
२०८१ मा शिखा बुक्सले बजारमा ल्याएको उक्त उपन्यास हार्ड कभर र सफ्ट कभरमा उपलब्ध छ। लेखक शैलेन्द्र अधिकारीका यसअघि निर्वेद उपन्यास र बह्मास्त्र कथासंग्रह प्रकाशित छन्।