कल्पना रिजालको ‘डाँफे’ लोकार्पण

कल्पना रिजालको ‘डाँफे’ लोकार्पण
+
-

काठमाडौँ- प्रगतिशिल साहित्यकार कल्पना रिजालद्वारा लिखित नयाँ कृति डाँफेको लोकार्पण गरिएको छ । पूर्वी दर्शन, प्रकृति र राष्ट्रियताका विविध पक्ष समेटेर लेखिएको सो कृतिलाई एक समारोहबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज काठमाडौँ लोकार्पण गरेका हुन् ।

लोकापर्ण समारोहलाई सम्बोधन गर्ने मन्त्री पन्तले राम्रो लेख्न राम्रो पाठक हुनुपर्ने बताए । पढेका र लेखिएका सबै विषय सत्य हुन नसक्ने भन्दै उनले प्रत्येक कृतिका फरक-फरक विशेषता हुने धारणा व्यक्त गरे ।

डाँफे कृतिको समीक्षा गर्दै अग्रज साहित्यकार भागिरथी श्रेष्ठले डाँफे उपन्यासको शैली र भाषा उत्कृष्ट रहेको टिप्पणी गरे ।

साहित्यकार कल्पना रिजाल सरल स्वाभाव, असल नेतृत्वकर्ता र निर्भिक व्यक्तित्व भएको जानकारी दिँदै श्रेष्ठले डाँफे उपन्यास अध्ययन गर्दा लेखक रिजाललाई स्वतन्त्र रुपमा कमल चलाउन सक्ने साहित्यकारको रुपमा भेटेको पनि बताए ।

उपप्राध्यापक ज्ञाननिष्ट ज्ञवालीले डाँफे उपन्यासमा पूर्वी दर्शन, वैराग्य, शान्ति, प्रकृति, राष्ट्रियतालगायतका विभिन्न पक्षहरु समेटिएको हुनाले उत्कृष्ट रहेको बताए । विचारको माध्यमबाट जस्तासुकै विवादहरुको समाधान गर्न सकिने हुनाले नेतृत्वमा बस्नेहरुले मुलुकको हितका लागि वार्तामा बस्नुनै पहिलो विकल्प हुने कुरा समेत उपन्यासमा लेखक रिजालले प्रस्तुत गरेको जानकारी दिए ।

पुस्तकका लेखक कल्पना रिजालले डाँफे उपन्यास नेपालको राष्ट्रिय चरो डाँफे जस्तै विविध रंग र सज्जाले भरिएको बताए । उनले पुस्तकमा परम्परावादी नेपाली समाजदेखि आधुनिक समाजमा देखिएका सकारात्मक र नकारात्मक पक्ष, राष्ट्र, राष्ट्रियता, पूर्वीय दर्शन लगायतका विभिन्न पक्षहरु समेटिएको जानकारी दिए ।

साहित्यकार, राजनीतिज्ञ, कवि, लेखक, शिक्षक, कलाकार लगायतका झण्डै एकसय जनाको सहभागिता रहेको लोकापर्ण समारोहमा प्राज्ञ बाबा बस्नेत, इरादा गौतमलगायतले डाँफे उपन्यासका विविध पक्षमा चर्चा गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?