राजावादीको आन्दोलनका दिन काठमाडौँ नियन्त्रणमा लिन एमाले कार्यकर्तालाई ओलीको निर्देशन

राजावादीको आन्दोलनका दिन काठमाडौँ नियन्त्रणमा लिन एमाले कार्यकर्तालाई ओलीको निर्देशन
+
-

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूले आन्दोलन गर्ने घोषणा गरेको दिन बिहान ११ बजेदेखि २ बजेदेखि काठमाडौँ एमालेको हातमा राख्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वाग्मती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको निर्देशन नपर्खन कार्यकर्ताहरूलाई आह्वान गर्दै जेठ १५ गते काठमाडौँ नियन्त्रणमा लिन आजैदेखि तयारी थाल्न निर्देशन दिएका छन्।

उनले राजावादीलाई खाओवादीको संज्ञा पनि दिए। ‘तथाकथित राजावादीहरू, यी राजावादी साजावादी केही पनि होइनन्, यी खाओवादी हुन्’, ओलीले भने।

उनले हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर नारा लगाउनेहरू नारायणहिटीमा वीरेन्द्र मारिँदा किन बाँचिरहेका भन्दै प्रश्न गरेका थिए।

राजावादीहरू सानो उद्देश्यका लागि लडिरहेको ओलीले बताए।

उनले भेलामा भने- निर्देशन पछि आउला, १५ गतेका लागि यहाँबाट उठ्ने बित्तिकै तयारी थाल्नुस्, १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, निर्देशन पछि आउँछ, तपाईँहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्, १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्दछ, आन्दोलनमा प्रोटोकलका कुरा हुँदैन, सबै एकै हो, अगाडि बढौँ, आन्दोलनमा हामी सबै त्यस अनुसार तयारीमा लगौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?