देशसञ्चार चौतारीमा भाग-९८

एरिका गुरुङले पाएको ऐतिहासिक सफलताको रहस्य

+
-

काठमाडौँ- देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले कराँतेकी खेलाडी एरिका गुरुङ र उनका प्रशिक्षक कुशल श्रेष्ठलाई निम्त्याएका छौँ। उनीहरूसँग कुशल श्रेष्ठकी पत्नी तारा गुरुङ पनि आएकी थिइन्।

एरिकाले गत वर्षको एशियाली खेलकुदलाई नेपाललाई पहिलोपटक रजत पदक दिलाएकी हुन्। उनलाई त्यो पदक दिलाउन कुशल श्रेष्ठको धेरै योगदान रह्यो।

देशसञ्चार चौतारीका क्रममा एरिकाले आफ्नो सफलताको रहस्य र उनका प्रशिक्षक कुशल श्रेष्ठले एरिकालाई मैदान उतार्दाका रणनीतिबारे उल्लेख गरेकी थिइन्।

खेल खेल्न विदेश जाँदा कतिपय अवस्थामा गुरुले मोबाइल पनि चलाउन नदिने तर यसले आफ्नो खेलमा सुधार आएको पनि एरिकाले स्मरण गरिन्।

कुशल श्रेष्ठ आफैँ पनि लामो समय खेलाडीको भूमिका थिए। उनले नेपाललाई साफ खेलमा पदक दिलाएका थिए। उनले त्यही बेलाकै आफ्नै टेक्निक र कौशल एरिका सहित आफ्ना प्रशिक्षार्थीहरूमा सार्ने प्रयास गरिरहेका छन्। उनले अन्तर्क्रियाका क्रममा भने-  ‘हो एरिका यतिखेर स्टार भइसकेकी छन्, तर म हरेक खेलाडीलाई एरिका गुरुङ बनाउन चाहन्छु।’

एरिकाले चौतारीका क्रममा विश्व नम्बर १ खेलाडी सोफियासँग फाइनलमा पराजित भए पनि नेपाललाई ऐतिहासक रजत पदक दिलाएको घटनाको पनि स्मरण गरेकी थिइन्।

लामो समयदेखि राष्ट्रिय खेलकुद हुन नसक्दा खेलाडीमा आएको निराशाबारे पनि कुशल श्रेष्ठ र एरिकाले कार्यक्रमका क्रममा चर्चा गरेका थिए।

पूरा भिडियो:

 

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?