नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको नाम सार्वजनिक

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको नाम सार्वजनिक
+
-

काठमाडौँ – अमेरिकाको मेरिल्याण्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा  प्रदर्शन हुने चलचित्रहरूको सूची सार्वजनिक गरिएको छ।

गत वर्ष बर्लिन फिल्म फेस्टिवलको मुख्य प्रतिस्पर्धा रहेको मिनबहादुर भामद्वारा निर्देशित ‘शाम्बाला’, गत वर्षकै भेनिस फिल्म फेस्टिवलमा प्रिमियर भएको दीपक रौनियारद्वारा निर्देशित ‘पूजा सर (राजागंज)’ र अमेरिकाको नेपाली डायस्पोरामा बनेको विनोद पौडेलद्वारा निर्देशित ‘भुठान:द वर्ल्ड हापिस्ट म्यान’लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुनेछन्।

जुन २६ देखि २९ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदीलगायत १५ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ चलचित्रहरू प्रदर्शन हुनेछन्।

महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुनेछ। चार दिनसम्म चल्ने महोत्सवका चलिचत्रहरू भने एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ। महोत्सवमा प्रदर्शनका लागि आवेदन परेकामध्येबाट अमेरिका, नेपाल र दक्षिण अफ्रिकाका फिल्मकर्मीहरुको छनोट समितिले चलचित्रहरू छनौट गरेको हो।

चलचित्र ‘शाम्बाला’ को प्रदर्शनबाट एएफआई सिल्भर थियटर जुन २६ तारिक बिहीबार महोत्सवको उद्घाटन हुनेछ। महोत्सवको समापन ‘पूजा सर (राजागंज)’ को प्रदर्शनसँगै जुन २९ तारिक आइतबार सोहि स्थानमा हुनेछ। चलचित्र ‘भुठान:द वर्ल्ड हापिस्ट म्यान’ को पनि रेड कार्पेटसहित निर्देशक, कलाकार, निर्माता तथा निर्माण टोलीका सदस्यहरुको विशेष प्रदर्शन हुनेछ।

ग्लोबल पिस फिल्म फेस्टिवल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जको ‘लिथियम राइजिङ्: द रेस फोर क्रिटिकल मिनिरल’ र निर्देशक ओल्ह बर्लान्दिनोको ‘द वार ट्रायल’ गरि दुई चलचित्र प्रदर्शन हुनेछन्।

सुबिना श्रेष्ठ निर्देशित अन्तराष्ट्रिय महोत्सवहरुमा प्रशंसाभएको वृत्तचित्र ‘देवी’ र अन्तर्राष्ट्रिय चर्चित निर्देशक फराह कस्सेम निर्देशित वृत्तचित्र ‘वि आर इनसाइड’ पनि महोत्सवमा प्रदर्शन हुनेछन्। प्रिन्स जर्ज काउन्टीका स्थानीय निर्देशक चका बलामानीको चलचित्र ‘अ क्रिष्टमस बोनस’लगायतका चलचित्रहरु डीएमभी-क्लोजअप अन्तर्गत प्रदर्शन हुनेछन्।

प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। पुरस्कार छनौटका लागि निर्णायक मण्डलको नाम भने केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ। महोत्सव अवधिमा चलचित्र र संस्कृति,’प्यानल’ छलफलका साथै र चलचित्र निर्माणबारे ‘मास्टर क्लास’ पनि हुनेछ। म्यारिल्याण्ड राज्यको पार्क्स तथा योजना आयोगको सहयोगमा उक्त छलफल हुने जनाइएको छ।

‘हामीले यो वर्ष पनि यस्ता उत्कृष्ट चलचित्रहरु महोत्सवमा ल्याउन पाउँदा हामी अत्यन्त खुसी छौँ। यी चलचित्रहरुले विभिन्न देशका मानव संस्कृति, संघर्ष, सहअस्तित्व तथा खुसीको कथाहरुको प्रतिनिधित्व गर्दछन्। यो महोत्सव तपाई हामी सबैको हो,’ महोत्सवका निर्देशक युवाकर राजकर्णिकार भन्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?