
काठमाडौँ- राजसंस्था पक्षधरहरूको आन्दोलन काठमाडौँको रत्नपार्कमा जारी छ। आन्दोलनमा राप्रपाका अध्यषक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत सहभागी छन्।
बागबजारमा गाडी पार्क गरेर पर्खिरहेका राजेन्द्र लिङ्देनका ड्राइभर रामशरण चौलागाईँलाई केही युवाले कुटपिट गरेका छन्।
केहीबेरमा प्रहरी तथा अन्य युवाहरूले चौलागाईँलाई जोगाएका थिए।
उनलाई कसले कुटेको हो भन्नेबारे प्रहरीले भन्न सकेको छैन।