मौसमको अनपेक्षित सुरुवात, १५ दिनअघि मनसुन भित्रिँदा बेहाल पूर्व-पश्चिम राजमार्ग (तस्बिरसहित)

मौसमको अनपेक्षित सुरुवात, १५ दिनअघि मनसुन भित्रिँदा बेहाल पूर्व-पश्चिम राजमार्ग (तस्बिरसहित)
+
-

झापा – पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा भइरहेको स्तरोन्नति कार्यमा गए रातिको अविरल वर्षा र बाढीले धेरै स्थानमा डाइभर्सन बगाएपछि शनिबार दिनभर यातायात अवरुद्ध भएको छ।

बितेका वर्षहरूभन्दा १५ दिनअघि नै मनसुन सुरु भएपछि झापामा निर्माणाधीन ‘एसियन हाइवे’का तीन वटा डाइभर्सन बाढीले बगाएका कारण राजमार्गमा यातायात अवरुद्ध भएको हो।

मेचीनगर नगरपालिका क्षेत्रका काँकडभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको ‘एनिमल अन्डरपास’ को डाइभर्सन बाढीले बगाएपछि यात्रु बस तथा साना सवारी साधनलाई गाउँको सडकमा डाइभर्ट गरिएको थियो।

बिहान ११ बजेसम्ममा चारआलीको ‘एनिमल अन्डरपास’ बाहेक कालीखोला र ढुकुरे खोलाको डाइभर्सन मर्मत गरेर साना सवारी साधनका लागि यातायात चल्न सक्ने बनाइएको छ। यद्यपि, ठूला ट्रक तथा कन्टेनरहरू अझै राजमार्गमै रोकिएका छन्।

ट्राफिक प्रहरीले राजमार्गसँग जोडिएका सहायक सडकमा सवारी साधन घुमाएर लामो तथा छोटो दूरीको यातायात सञ्चालनको व्यवस्था मिलाएको छ। फिल्डमा खटिएका एक जना ट्राफिक प्रहरी हवल्दारका अनुसार, शनिबार दिनभर गाडी डाइभर्ट गराउनु परेको थियो।

सरकारी अधिकारीहरूका अनुसार आगामी १५ दिनभित्र सबै कल्भर्टमाथि दुई लेनबाट गाडी गुड्ने वातावरण बनाइने छ। तर, फिल्डको काम हेर्दा यसपालीको वर्षायाममा यात्रुले धेरै दुःख पाउने अवस्था छ। धेरै स्थानमा उत्तरबाट दक्षिण पानी बग्ने स्थान थुनिएका छन्। जसले गर्दा राजमार्ग उत्तरका क्षेत्र पनि डुबानको जोखिममा पर्ने देखिन्छन्।

एसियाली विकास बैंकको सहयोगमा १० अर्ब रुपैयाँको लगानीमा एसियन हाइवेको पूर्वीखण्डको स्तरोन्नतिको कार्य भइरहेको छ, जसको ठेक्का एभ्रास्कन कालिका जेभीले लिएको छ।

तर, एकै रातको वर्षाले निर्माणाधीन एशियन हाइवेलाई धेरै स्थानमा अवरुद्ध गरिदिएपछि यसपालीको वर्षामा उक्त राजमार्गको अवस्था झन् बिग्रिने र जुनसुकै बेला अवरुद्ध हुनसक्ने अनुमान गर्न सकिन्छ।

राजमार्ग स्तरोन्नतिको जिम्मा पाएको कम्पनीका मेकानिकल इन्चार्ज नारायण रिजालले जस्तोसुकै भवितव्यमा पनि सडक खुलाउन आफूहरू तयारीका साथ लागिरहेको बताए।

यद्यपि, बिहानैदेखि कामदार खटिए पनि साँझसम्म सडक पूर्ण रूपमा खुल्न सकेको थिएन।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?