
काठमाडाैँ – पत्रकार हिमेशरत्न बज्राचार्यले आफ्नो पहिलो पुस्तकका रुपमा ‘स्वर्णकथा नेपाली फुटबलको’ बजारमा ल्याएका छन्। लामो समयदेखि नेपाली खेलकुद र विशेष गरी फुटबलमा गहिरो अध्येता रहेका बज्राचार्यले आइतबार पुस्तक प्रकाशन गरेका हुन्।
नेपाली खेलकुद क्षेत्रमा सीमित मात्र पुस्तक प्रकाशन हुने गरेका छन्। यस्तोमा बज्राचार्यले फुटबल विकास र निरन्तरतामा भएका उत्तरचढाव र अन्तर्राष्ट्रिय सहभागितामा नेपाली खेलाडीको प्रदर्शन र नेपाली फुटबलको स्वर्णीम पुस्ता र नामका बारेमा चर्चा गरेका छन्।
उनले ऐतिहासिक रुपमा नेपालले विदेशी भूमिमा खेलेका खेल र नेपाली फुटबलमा अघिल्लो पुस्ताले देखाएको जोस, त्याग र अनुशासनको मिहिन ढंगले विष्लेषण र ऐतिहासिक तथ्य पुस्तकमार्फत बजारमा ल्याएका हुन्।
सन् १९८४ र १९९३ को सागमा स्वर्ण पदक विजेता राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजुकाजी शाक्यले पुस्तक लोकार्पण गरेका थिए।