
काठमाडौँ- नेपाली सांगीतिक क्षेत्रका कालजयी गायक तथा संगीतकार गणेश रसिकको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपतिस्थित विद्युतीय शवदाह परिसरमा राखिएको छ ।
विद्युतीय शवदाह गृहमा रसिकको अन्तेष्टि गरिने संगीतकार संघले जनाएको छ ।
रसिकलाई श्रद्धाञ्जली दिनका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, गायक, कलाकार तथा संगीतकारहरुको उपस्थिति रहेको थियो ।
थप तस्बिरहरू:
तस्बिर: नेपाल फोटो लाइब्रेरी।