लुम्बिनीका तीन जिल्लाको अधिवेशन गराउन उपेन्द्र यादव नेपालगञ्जमा

लुम्बिनीका तीन जिल्लाको अधिवेशन गराउन उपेन्द्र यादव नेपालगञ्जमा
+
-

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका केन्द्रीय नेतृत्व लुम्बिनी प्रदेशका तीन वटा जिल्लाको अधिवेशन सम्पन्न गराउन आज नेपालगञ्ज पुगेको छ ।

पश्चिम नेपालमा जसपा नेपालको बलियो किल्ला मानिएको बाँके जिल्लाको अधिवेशन सम्पन्न गराउन नेताहरु नेपालगञ्ज पुगेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ । बुधबार बिहान अध्यक्षसहितका नेताहरु नेपालगञ्ज गएका हुन् ।

अधिवेशन समारोहको प्रमुख वक्ता रहेका अध्यक्ष यादवसँगै जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी र केन्द्रीय सदस्य सिपी सिंह लगायतका केन्द्रीय नेतृत्व नेपालगञ्ज प्रस्थान गरेको हो ।

आज बाँके जिल्लाको एकताको प्रथम जिल्ला अधिवेशन हुँदैछ । दिउँसोदेखि सुरु हुने अधिवेशनको अध्यक्ष यादवले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनले जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेदेखि संगठनको आगामी योजना एवं कार्यदिशा तय गर्नेछ ।

यसैगरी, जसपा नेपाल बर्दिया जिल्ला कार्यसमितिको प्रथम जिल्ला अधिवेशन भोलि २२ गते गुलरियामा हुँदैछ । २३ गते बिहिबार जसपा नेपाल कपिलबस्तुको जिल्ला अधिवेशन सम्पन्न गर्ने तय भएको छ ।

यी तीनवटै जिल्लाको अधिवेशनमा अध्यक्ष यादवसहितको केन्द्रीय नेतृत्व सहभागी हुने बताइएको छ । जसपा नेपाल अहिले देशब्यापी रुपमा जिल्ला अधिवेशन सम्पन्न गर्ने अभियानमा होमिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?