सडक दुर्घटनामा दुई जनाकाे मृत्यु

सडक दुर्घटनामा दुई जनाकाे मृत्यु
+
-

नेपालगन्ज – बाँकेमा सडक दुर्घटनामा दुई जनाकाे मृत्यु भएकाे छ ।

गएराति काेहलपुरमा भएकाे छुट्टाछुट्टै दुर्घटनामा काेहलपुरका चिरञ्जीवी अधिकारी र सराेज मरासैनीकाे मृत्यु भएकाे हाे ।
नेपाल टेलिकम काेहलपुरमा कार्यरत ५७ वर्षीय अधिकारी सवार स्कुटीलाई माेटरसाइकलले ठक्कर दिएकाे प्रहरीले बताएकाे छ ।

भे ११ प ९७५१ नम्बरकाे स्कुटीमा श्रीमती गीतादेवी अधिकारीलाई राखेर गइरहेका अधिकारीलाई भे १३ प ३२७७ नम्बरकाे माेटरसाइकलले ठक्कर दिएकाे थियाे । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीकाे उपचारकाे क्रममा काेहलपुर मेडिकल कलेजमा मृत्यु भएकाे थियाे । घाइते श्रीमती गीतादेवीकाे उपचार भइरहेकाे छ ।

अर्काे दुर्घटनामा कोहलपुर नगरपालिका वडा नं.६ रझेना निवासी ३६ वर्षीय मरासैनीको मृत्यु भएकाे छ । बुधवार राती ११ बजे नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

राति साढे १० बजे दुर्घटनामा परेका उनी गम्भीर घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । चिकित्सकले राती ११ बजे मृत घोषणा गरेका थिए ।
उनी नेपालगन्जबाट कोहलपुर आउनेक्रममा कोहलपुर नगरपालिका वडा नं.१४ हवल्दारपुरमा आफैले चलाएको भे ९ प ८१५७ नम्वरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटनामा परेका थिए । दुर्घटनास्थलमा सडक मर्मतका लागि खाडलहरु खनिएको छ । उनी त्यसैमा परेका थिए ।

राजिव गान्धी युनिभर्सिटी भारतबाट बी फार्मेसी गरेका उनी औषधी उत्पादन गर्दै आएको रिलायन्स कम्पनीमा बजार प्रतिनिधिका रुपमा काम गर्दै आएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?