`विविधतामा एकता´ नेपाली समाजको मौलिक विशेषताः मुख्यमन्त्री आचार्य

`विविधतामा एकता´ नेपाली समाजको मौलिक विशेषताः मुख्यमन्त्री आचार्य
+
-

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–अज्हा (बकर ईद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री आचार्यले शुभकामना सन्देशमार्फत संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई संस्थागत गरेको उल्लेख गर्दै विविधताभित्र एकताको भावना प्रवद्र्धन गरिरहेको बताए ।

उनले विविधतामा एकता नेपाली समाजको मौलिक विशेषता भएको उल्लेख गरेका हुन् । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व ईद–उल–अज्हा इब्राहिम अलैहिस्सलामले अल्लाहको आदेशमा आफ्ना छोरा इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा मनाइन्छ ।

यस दिन मुस्लिम धर्मावलम्बीहरू मस्जिदमा नमाज पढेपछि शुभकामना आदान–प्रदान गर्ने परम्परा रहेको बताइएको छ । मुख्यमन्त्री आचार्यले धार्मिक पर्वहरूले आपसी सद्भाव, सहिष्णुता र मेलमिलापको सन्देश दिने बताउँदै बकर ईदले सामाजिक एकता, धार्मिक सहिष्णुता र संस्कृतिको संरक्षणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।

उनले यस पर्वले समाजमा प्रेम, भाइचारा र सहयोगको भावना बलियो बनाउने उल्लेख गरेका छन् । लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कृति, परम्परा र पहिचानलाई समान सम्मान र संरक्षण गर्दै आएको उल्लेख गर्दै उहाँले प्रदेशको समृद्धि र विकासमा सबै समुदायको योगदान र सहकार्य अपरिहार्य रहेको बताए।

ईद–उल–अज्हाको यस अवसरमा समृद्ध र सुव्यवस्थित लुम्बिनी प्रदेश निर्माणको यात्रामा सबैको साथ र योगदान रहने उनले विश्वास व्यक्त गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?