 
                            काठमाडौं- स्कटल्यान्डमा जारी विश्वकप लिग-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोली विरुद्ध एतिहासिक प्रदर्शन गरेको छ। तर नेपाल अन्तिम ओभर समालिन नसक्दा घरेलु टोलीसँग २ रनले स्तब्ध बन्यो। अधिकांस समय अग्रता बनाएको नेपाल विरुद्ध घरेलु टोली अन्तिम ओभरमा भाग्यमानी सावित भयो।
अन्तिम ओभरमा नेपाललाइ ६ बलमा ७ रन चाहिएको अवस्थामा करण केसी र ललित राजवंशी आउट भए। स्कटल्यान्डका साफ्यान सारिफले अन्तिम ओभरमा केवल ४ रन मात्र खर्चिएर २ विकेट लिंदै टिमलाई रोमाञ्चक जित दिलाए।
नेपालले एकदिवसीय अन्तराष्ट्रियमा कुनैपनि एसोसिएटेड राष्ट्रविरुद्व उच्च रन चेजको कीर्तिमान नजिक पुग्ने क्रममा निर्धारित ५० ओभरमा अलआउट हुँदै ३ सय २१ रन बनाएको थियो। नेपालका लागि भिम सार्कीले सर्वाधिक ७३ रन बनाउँदा आरिफ शेखले ३९ तथा दिपेन्द्र सिंह ऐरीले ५६ रन बनाए। उनी बाहेक सोमपाल कामीको ४४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा बनाएको ६७ रन नापलका लागि महत्वपूर्ण बन्यो। त्यस्तै करण केसीले १७ रन बनाउँदा सन्दीप लामिछाने ३ रनमा अविजित रहे।
नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले ७ औं विकेटका लागि अहिले सम्मकै उच्च साझेदारी गर्दै खेलमा कायम राखेका थिए। उनीहरुले १ सय ५ रनको साझेदारी गरे यसअघि सातौं विकेटका लागि आरिफ शेख र गुल्सन झाले सातौं विकेटका लागि गरेको ६८ रनको साझेदारी नेपालका लागि उच्च एकदिवसीय साझेदारीका रुपमा रहेको थियो। यो नेपाल र स्कटल्यान्डबिच कुनैपनि एकदिवसीय अन्तर्राष्ट्रियमा भएको उच्च रन स्कोर समेत हो। यि दुइ टिमबिच आजको खेलमा ६४४ रन बनेको हो।
स्कटल्यान्डका लागि माकेन्जी जोनेसले ३ विकेट लिंदा साफ्यान सारीफ र माइकल लिस्कले समान २-२ विकेट लिएका थिए। त्यस्ते ब्रान्डन म्याकमुलन र चार्ली कासेलले १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २३ रनको उच्च स्कोर बनाएको थियो। उसका लागि कप्तान रिची बेरिङ्गटनले ११४ बलमा ६ चौका र ४ छक्का प्रहार गरद् १०२ रन बनाएका थिए।
त्यस्तै माइकल लिस्कले ९६ रन बनाउँदा मार्क वाट २१ रनमा अविजित रहेका थिए। यि दुइ बाहेक चार्ली टियरले ६८ रन बनाएका थिए। नेपालका लागि करण केसी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिंदा ललित राजवंशीले अर्को १ विकेट लिएका थिए।

 
                                                                             
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































