राजेश हमालको पुस्तक भदौमा आउने

राजेश हमालको पुस्तक भदौमा आउने
+
-

काठमाडौँ – अभिनेता राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको पुस्तक युगदेखि युगसम्म आउँदो भदौमा बजारमा आउने भएको छ। पुस्तकको प्रकाशक फाइनप्रिन्टले भदौ दोस्रो सातासम्म पुस्तक सार्वजनिक भइसक्ने जनाएको छ।

अभिनेता हमालको जन्मदिनको अवसरमा सोमबार राजधानीमा पुस्तकको आवरणसमेत अनावरण गरियो। कार्यक्रममा अभिनेता हमाल र पुस्तक प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले संयुक्त रूपमा आवरण अनावरण गरे।

‘बहुप्रतीक्षित एवम् महत्त्वाकाङ्क्षी साहित्यिक घटनामध्ये एक हमालको पुस्तक युगदेखि युगसम्म प्रकाशनको घोषणा गर्न पाउँदा हामी हर्षित छौं,’ फाइनप्रिन्टका भारीले भने, ‘यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई दसैंको कोसेली होस् भन्ने हाम्रो अभिप्राय छ। मलाई लाग्छ, प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो यो।’

हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवम् समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको छ। लेखक एवम् पत्रकार यज्ञशसँगको सहकार्यमा पुस्तक तयार पारिएको प्रकाशक फाइनप्रिन्टले बताएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?