
राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन्। सार्वजनिक पोस्टरमध्ये एकमा सौगात बैशाखी टेकेका छन् । उनी बैशाखीको साहाराले निराश भावमा कतै हिडिरहेको बुझ्न सकिन्छ। अर्काे पाेष्टरमा साैगातसहित निशा हमाल र बाल कलाकार करण नेपाली भावुक देखिएका छन्।
बिकास राज जाेशी निर्माता रहेकाे चलचित्र ‘सिटामोल’ले सिटामाेलकाे अभावमा अकालमा ज्यान गुमाउनेकाे कथा भन्छ। सार्वजनिक पोस्टरले दर्शकमाझ सिनेमाप्रति उत्सुकता थप्ने विश्वास निर्माण टिमको दावी छ। सिटामोलमार्फत् निर्माता तथा निर्देशकले आम नेपालीको जनजीवन र परापुर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेकाे बताउँछन् निर्मता विकासराज जाेशी। उनले भने, ‘सिनेमाले सिटामाेलकाे अभावमा अहिले पनि नेपालमा ज्यान गुमाउनेहरुकाे कथा भन्छ।’
आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा सौगात, बेनिशा, श्री कृष्ण, जानुका र करणसहित लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा विकाश राज जोशी र भुगोल कुमार कार्की निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन्।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन्।