विश्वकप लिग २: नेपालद्वारा नेदरल्यान्ड्स १६ रनले पराजित

विश्वकप लिग २: नेपालद्वारा नेदरल्यान्ड्स १६ रनले पराजित
+
-

काठमाडौं- आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी सिरिजमा नेपालले तेस्रो खेलमा जित हासिल गरेको छ। सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको हो। जितसँगै नेपालले सिरिजमा महत्वपूर्ण ६ अङ्क जोड्न सफल भयो। यो सँगै नेपालले १६ खेलबाट १२ अङ्क बनाएको छ।

टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटियो।

नेपालको पेनाल्टी १० रन मार्फत खेल सुरु गरेको डच टोलीका लागि वाइजली ब्यारिजले ३६ रन बनाउँदा स्कट एडवार्डले ३० रन बनाए। त्यस्तै माइकल लेभिटले २७ रन बनाएका थिए। त्यस्तै क्याली क्लेइनले २५ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा नेजा निदमानुरुले १७ रन, नोहा क्रोसले २२ र रोलेफ भान डेरले १६ रन बनाए।

नेदरल्यान्ड्सलाई अलआउट गराउँदा आजै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका नन्दन यादव र सन्दीप लामिछानेको प्रदर्शन महत्वपूर्ण रह्यो। यादवले ९ ओभर बलिङ गर्दै ३९ रन खर्चिएर ३ विकेट लिंदा लामिछानेले १० ओभर बलिङ गर्दै ३९ रननै खर्चीएर ३ विकेटनै लिएका थिए। त्यस्तै ललित राजवंशीले २ विकेट लिंदा करण केसी र कुशल भुर्तेलले समान १-१ विकेट लिए।

त्यसअघि स्कटल्यान्डको डन्डीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले ८४ रन बनाउनु सर्वाधिक रह्यो। उनले ८५ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरेका थिए। उनी बाहेक भिम सार्की र रोहित पौडेलले समान ३५-३५ रन बनाए। त्यस्तै ओपनर कुशल भुर्तेलले १८ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १६ तथा बसिर अहमद र करण केसीले ११-११ रन बनाए। त्यस्तै नन्दन यादवले १० रन बनाएका थिए।

डच टोलीका लागि पउल भान मिकेरेनले ४ विकेट लिंदा माइकल लेभिटले ३ विकेट लिएका थिए। त्यस्तै आर्यान दतले १ विकेट लिएका थिए। अब नेपालले यहि सिरिजका टोलीसँग टी-२० सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?