यौन दुर्व्यवहारको मुद्दा लगाउने धम्की दिएपछि‍‍…

यौन दुर्व्यवहारको मुद्दा लगाउने धम्की दिएपछि‍‍…
+
-

पोखरा – पोखरामा सुनचाँदी पसलमा काम गर्ने एक महिलाले सञ्चालकलाई यौन दुर्व्यवहारको मुद्दा लगाइदिने धम्कीसहित ५० लाख रुपैयाँको बार्गेनिङ गरेको खुलासा भएको छ। पोखरा महानगरपालिका–४ मा रहेको एक सुनचाँदी पसलमा कार्यरत महिलाले केटा साथीलाई समेत प्रयोग गरेर पैसाको बार्गेनिङ गरेको खुलेको हो।

आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसूरमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गर्न सफल भएको छ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका– १५ टुटुङ्गा बस्ने वर्ष २७ बर्षीया मरियम राई, मोरङ बिराटनगर चोक घर बताउने ३८ बर्षीय देव लिम्बु, संखुवासभाको सभापोखरी गाउँपालिका– २ बस्ने ४० वर्षीय टेकबहादुर सुवेदी रहेका छन्।

मरियमले देव र टेकबहादुरलाई बोलाएर हप्ता दिनसम्म सुनचाँदी पसलका सञ्चालकसँग बार्गेनिङ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले बताए।

‘सुनचाँदी पसल संचालककी श्रीमतिलाई बोलाई ‘जिन्दगीभर पुग्ने धनसम्पत्ती, बस्ने घर तथा व्यवसायको लागि प्रवन्ध गरी दिनुहोस् होइन भने हामी तिम्रो श्रीमानका विरुद्धमा विभिन्न मुद्दा मामिला गरी सडाई दिन्छौ’ भन्ने धाकधम्की दिएको पाइयो’, बस्नेतले भने।

५० लाख रुपैयाँ बार्गेनिङ गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कास्कीबाट आपराधिक विश्वातघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी मुद्दामा सात दिनको म्याद थपेर अनुसन्धान थालिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?